नेपालमा सुरुङ

नेपालमा सुरुङ

भउचप्रसाद यादव

सडक कस्ता छन् रु कति बनेका छन् । यातायातको सुविधा कस्तो छ रु अनि सञ्चार तथा सूचना प्रविधिलाई कसरी उपयोग गरिएको छ रु भन्ने प्रश्नले कुनै पनि मुलुकको आर्थिक विकासको गति चाल पाउन सकिन्छ । आर्थिक विकासमा यी पूर्वाधारसँगै अचेल सुरुङमार्गको महìव पनि बढ्दो छ ।

सुरुङमार्ग भूमिगत संरचना हो । नेपालको भूमिगत संरचना निर्माणको इतिहास करिब दुई हजार वर्षभन्दा पुरानो छ । मुस्ताङमा रहेका हजारौँ गुफा र भूमिगत घरहरू यसका उदाहरण हुन् । सुरुङ प्रविधिको सुरुआतको दृष्टिकोणले नेपाल विश्वमै अगाडि छ । तर त्यसको आधुनिकीकरण र व्यवस्थापनमा भने धेरै पछाडि छ । यही तथ्यलाई ध्यानमा राखी सरकारले सुरुङमार्गलाई प्राथमिकतामा राखेको छ । सुरुङ सडकका लागि मात्र नभई सिँचाइ, जलविद्युत्, खानेपानी, ढल निकासलगायतका प्रयोजनका लागि पनि बनाइन्छ ।

नेपाल टनेलिङ एसोसियसनका अनुसार नेपालमा मानव निर्मित सुरुङको इतिहास चारसय वर्षभन्दा पुरानो छ । मुलुकको पहाडी भेगमा सिँचाइका लागि कुलो निर्माण गर्ने क्रममा सुरुङ निर्माण भएको पाइन्छ । १७औँ शताब्दीमा पाल्पाको अर्गालीमा निर्माण भएको पहिलो सुरुङको लम्बाइ १।५ किलोमिटर रहेको छ । बागलुङका ‘आग्री’ भन्ने जातिको पेसा नै पहाडमा सुरुङ खन्ने रहेको पाइन्छ । यो जातिले तनहुँको साँगे पत्यानी सिँचाइ आयोजनाका लागि निर्माण गरेको सुरुङ आज पनि सञ्चालनमा छ । यसैगरी पाल्पाको छेर्लुङ र अर्तुङ्गा भन्ने ठाउँमा राणाकालमै ‘जेठी कान्छी’ भन्ने कुलो निर्माण गर्न सुरुङ बनाइएको थियो ।

पहिलो सुरुङमार्ग भने सन् १९१७ मा बाराको चुरियामाईदेखि अमलेखगञ्जसम्म निर्माण गरिएको थियो । चुरियामाई सुरुङलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी पनि गरिन्छ । इन्जिनियर डिल्लीजङ्ग थापाको डिजाइनमा यो सुरुङमार्ग निर्माण गरिएको थियो । चुरिया सुरुङको लम्बाइ २३९ मिटर, उचाइ ५ मिटर र चौडाइ ५ मिटर रहेको छ ।

त्यसैगरी, सन् १९७४ मा पहिलो ‘हाइड्रो टनेल’ बुटवलको तिनाउमा निर्माण गरिएको थियो । यसको लम्बाइ भने १।३ किलोमिटर रहेको छ । खानी उत्खनन प्रयोजनका लागि पहिलोपटक सन् १९८५ मा गणेश हिमालमा खानी सुरुङ निर्माण गरिएको पाइन्छ । यसको लम्बाइ दुई किलोमिटर छ । खानी उत्खनन् कार्य भने अहिले बन्द छ । नेपालको खानी सुरुङको इतिहास करिब एकहजार वर्ष पुरानो छ । स्वदेशको खानीबाट नै तामा र पित्तललगायतका वस्तुहरूको उत्खनन् गरी लिच्छविकालमा मुद्राको निर्माण गरी चलनचल्तीमा ल्याइएको थियो ।

यस्तै, ढल निकासका लागि पहिलोपटक सन् २००१ मा काठमाडौँको तिलगङ्गादेखि ताम्रगङ्गासम्म ५२२ मिटर सुरुङ निर्माण गरियो । सन् २०१८ मा खानेपानी प्रयोजनका लागि पहिलोपटक मेलम्चीमा २७ किलोमिटर खानेपानी सुरुङ निर्माण गरिएको थियो । सन् २०१९ मा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनामा पहिलोपटक टनेल बोरिङ मेसिन ९टीबीएम० प्रविधिद्वारा सुरुङ निर्माण गरिएको थियो । यस सुरुङको लम्बाइ १२ किलोमिटर छ । सुनकोशी मरिन डाइभर्सनमा पनि सुरुङ निर्माण भइरहेको छ । त्यसैगरी, सन् २०१९ मा बागलुङमा पहिलोपटक भूमिगत शालिकराम म्युजियमका लागि तीनसय मिटर सुरुङ निर्माण गरिएको थियो । रेल सुरुङमार्गको निर्माण भने नेपालमा भएको छैन ।

२६७ किलोमिटर सुरुङ
नेपाल टनेलिङ एसोसिएसनका अध्यक्ष तथा सुरुङ विशेषज्ञ डा। ज्ञानेन्द्रलाल श्रेष्ठले विभिन्न प्रयोजनका लागि मुलुकमा अहिलेसम्म २६७ किलोमिटर सुरुङ बनेको जानकारी दिनुभयो । राजनीतिक अस्थिरता र आवश्यक पुँजीको अभावमा मुलुकले आधुनिक सुरुङ प्रविधिलाई आत्मसाथ गर्न नसकेको अध्यक्ष श्रेष्ठको धारणा छ ।

एसोसिएसनका अनुसार अहिलेसम्म मुलुकमा २२० किलोमिटर हाइड्रोपावर सुरुङ, २७ किलोमिटर खानेपानी वितरण सुरुङ, १५ किलोमिटर सिँचाइ सुरुङ, दुई किलोमिटर सडक सुरुङ, दुई किलोमिटर खानी सुरुङ, ५२२ मिटर ढल निकास सुरुङ र ०।३ किलोमिटर म्युजियम सुरुङ छन् ।

नेपालमा सुरुङको सबैभन्दा बढी प्रयोग जलविद्युत आयोजना निर्माण गर्नका लागि भइरहेको छ । निर्माणाधीन १०४ वटा परियोजनामध्ये ४० वटामा सुरुङ निर्माण भइरहेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालजस्तो भूबनोट भएको मुलुकमा यातायातका लागि सबैभन्दा उपयुक्त मार्ग सुरुङ हुन सक्छ । सुरुङविज्ञ श्रेष्ठका अनुसार सुरुङ निर्माण सडकभन्दा महँगो भए पनि सञ्चालन खर्च र जोखिमको दृष्टिकोणले सडकको तुलनामा न्यून छ । यसमा बाढी, पहिरो र दुर्घटनाको सम्भावना न्यून हुन्छ । सबैभन्दा प्रमुख कुरा त सुरुङ वातावरणमैत्री हुन्छ । यसको निर्माणले भूक्षयीकरण तथा बाढीपहिरोलाई निम्त्याउँदैन । सडकको तुलनामा सुरुङमार्गबाट कैयौँ गुणा कम समय र दूरीमा गन्तव्यमा पुग्न सकिन्छ ।

पूर्वाधार विज्ञ डा।सूर्यराज अचार्य अहिले भौतिक पूर्वाधारको सबै क्षेत्रमा लोकप्रिय र सहज बन्दै गएको सुरुङ प्रविधि आजको युगीन आवश्यकता भएको बताउनुहुन्छ । पहाडी भूभाग भएको र पचास प्रतिशतभन्दा बढी जनसङ्ख्या पहाड तथा हिमालमा बसोवास गर्ने नेपालजस्तो मुलुकमा सुरुङ प्रविधिको विकल्प अरू हुन नसक्ने उहाँको धारणा छ ।

सुरुङ निर्माणले जमिनको भौगर्भिक अवस्थालाई खल्बल्याउँदैन । पहिरो जाने, जमिनको क्षयीकरण हुनेजस्ता समस्या पनि आउँदैन । जापान, स्वीट्जरयान्डजस्ता पहाडी मुलुकको विकासमा सुरुङमार्गको भूमिका महìवपूर्ण छ ।

विज्ञ आचार्यका अनुसार सुरुङमार्ग निर्माण गर्न महँगो भए पनि स्वदेशी निर्माण कम्पनी र जनशक्ति प्रयोग भइरहेको छ भने त्यो चिन्ताको विषय होइन । संरचना निर्माणमा खर्च भएको रकम विदेशिन्छ भने मात्र त्यो चिन्ताको विषय हो । हाम्रै निर्माण व्यवसायी, इन्जिनियर र निर्माण सामग्रीले सुरुङ निर्माण भइरहेको छ भने महँगो लगानीले आत्तिनु पर्दैन । यो मुलुककै आर्थिक हितमा हुन्छ ।

कहाँकहाँ सुरुङमार्ग ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गत साल कात्तिक ४ गते नागढुङ्गा सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । यो सुरुङमार्गको काम अहिले धमाधम भइरहेको छ । जापान सरकारको ऋण सहयोगमा बन्न लागेको यो सुरुङमार्ग साढे तिन वर्षभित्र निर्माण हुनेछ । यसको लम्बाइ दुई दशमलव ६७ किलोमिटर रहेको छ ।

‘मृत्यु मार्ग’ को रूपमा चिनिने बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ‘ग्लोबल टेण्डर’ आह्वानको तयारी भइरहेको जानकारी सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दिनुभयो । स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन ९एसडीसी० ले यो सुरुङमार्गको ‘डीपीआर’ तयार गरेको हो । मुलुकभरिका सुरुङमार्गमध्ये पाल्पाको सिद्धबाबा पहिलो प्राथमिकतामा रहेको विभागले जनाएको छ । कुल एक दशमलव १२६ किलोमिटर लम्बाइ र साढे आठ मिटर चौडाइ हुने यो सुरुङमार्गको निर्माण कार्य निर्माण सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसैगरी, नेपाल सरकार र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच ‘पीपीपी’ ९सार्वजनिक–निजी साझेदारी० मोडलमा ‘काठमाडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सुरुङमार्ग’ निर्माणका लागि २०६९ सालमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएपछि ४५ मिनेटमै काठमाडौँ–हेटौँडा आवतजावत गर्न सकिने र हरेक वर्ष करिब १५ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ बचत हुने विश्वास गरिएको छ । तर नेपाल पूर्वाधार विकास कम्पनीले काम गर्न नसकेपछि बागमती प्रदेश सरकारले यसको निर्माण प्रक्रिया अगाडि बढाउने भनिएको छ । यो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी राखिएको छ । हेटौँटाबाट नारायणघाट–मुग्लिङ हुँदै काठमाडौँसम्मको यात्रा गर्न भने २२० किलोमिटरको दूरी तय गर्नुपर्छ ।

यस्तै, सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार भएका केही ठाउँ छन् । पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने, सिन्धुलीमा पर्ने बीपी राजमार्ग अन्तर्गतको खुर्कोट, दोलखाको लामाबगर, मध्यपहाडी राजमार्ग अन्तर्गतको पोखरा–बागलुङ खण्डको हेम्जामा सुरुङमार्ग निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन भइसकेको छ । दाउन्ने, खुर्कोट र लाम९ाबगरमा सुरुङमार्ग निर्माण गर्न सम्भव पनि देखिएको छ ।

इटेको–होमल्याण्ड–नर्थ स्टार ९जेभी० भन्ने कम्पनीले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि २०७४ कात्तिक २४ गते सडक विभाग र इटेको–होमल्याण्ड–नर्थ स्टारबीच सम्झौता भएको थियो ।

यसैगरी सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को आर्थिक तथा प्राविधिक सहयोगमा एक वर्षअघि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार भएको छ । अध्ययनले यो सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको छ ।

पलाँसेदेखि धुलिखेलसम्म करिब डेढ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ‘जाइका’ ले एक वर्षअघि नै सम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । यसको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले दिनुभयो । यो सुरुङको निर्माण गर्ने कि नगर्ने भनेर सरकारले निर्णय लिइसकेको छैन । त्यसैले यसको बाँकी काम अगाडि बढ्न सकेको छैन ।

काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन कार्य सुरु भइसकेको छ । चिनियाँ प्राविधिक टोलीद्वारा अध्ययन कार्य भइरहेको छ ।
यो सुरुङमार्ग निर्माणबारे तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको छ । अध्ययनले सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको छ । यसकोे कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्रयक’ हुने र कुल निर्माण लागत तीस अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

सुरुङमार्गको निर्माणपछि अढाइ घण्टामा नै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिनेछ । यसैगरी थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना पनि रहेको छ । यो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख छ ।

यसैगरी काठमाडौँको थानकोटदेखि मकवानपुरको चित्लाङसम्म सुरुङमार्ग निर्माणका लागि पनि अध्ययन कार्य सुरु भइसकेको छ । स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो सुरुङमार्गको अध्ययन भइरहेको हो ।
सेती राजमार्गअन्तर्गतको खुटिया–दिपायल, सिन्धुलीको चियाबारी, गोदावरी कुण्ड–मानेचौरमा समेत सुरुङ निर्माणका लागि सडक विभागले पूर्व सम्भाव्यता अध्ययन कार्य अगाडि बढाएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मुलुकको सडक यातायात सुरुङमार्ग युगमा उन्मुख भएको बताउँदै सडक सञ्जाललाई छोटो, सहज र जोखिममुक्त बनाउने प्रयास स्वरूप सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा दिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १३ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने लक्ष्य राखेको छ । यसका लागि ५९ करोड रुपियाँ विनियोजन पनि गरिएको छ । त्रिभुवन विश्वविद्यालयको पोखरा क्याम्पसले चालू शैक्षिक सत्रबाट सुरुङ विषयमा स्नाकोत्तरसम्मको अध्ययन पनि सुरु गरेकोे छ ।

यो समाचार गोरखापत्र अनलाइनडट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाइनमा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/saturday/2021-01-02-29476

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *