प्रतिष्ठित निर्माण व्यवसायी राधाकृष्ण शर्माको निधन

प्रतिष्ठित निर्माण व्यवसायी राधाकृष्ण शर्माको निधन

काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी तथा निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष राधाकृष्ण शर्माको मस्तिष्काघातबाट निधन भएको छ ।

८५ वर्षिय शर्माको काठमाडौंको बयोधा अस्पतालमा उपचारको क्रममा मंगलवार विहान ६:३० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।उनको पटक- पटक परीक्षण गर्दा कोरोना संक्रमण पनि नेगेटिभ आएको अस्पताल श्रोतले बताएको छ ।

उनको श्रीमती, एउटा छोरा (कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्मा) र तीन जना छोरीहरु र सात जना नातीनातिना छन्।

स्वर्गीय शर्माको आजै पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।सन् १९६६ मा उनले शर्मा एण्ड कम्पनी स्थापना गरेका थिए ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *