फ्याउरे सिँचाइ आयोजना सम्पन्न

फ्याउरे सिँचाइ आयोजना सम्पन्न

मङ्गलबारे । इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाइ आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/७४ मा एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको उक्त आयोजना भखैरै सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

१५ करोड तीन लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइन परिवर्तन हुँदा भेरियसन भई जम्मा १६ करोड ९१ लाख रुपैयाँ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको ईञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिए ।

डिजाइन परिवर्तन, चण्डालघाटमा पुल ढिलो निर्माण भएको र कोरोना महामारीबीच गत आर्थिक वर्षदेखि निर्माणले तिब्रता लिएको निर्माण व्यावसायि टङ्क गजुरेलले बताए ।

आयोजनाले नगरपालिकाका वडा नं ६, ७ र ८ को ११५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा मिलेको छ । आयोजनाको जम्मा २४ किलोमिटरमध्ये हाल साढे पाँच किमि खण्डमा पानी सञ्चालन भएको छ …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबर अनलाईन खबरमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *