बन्ने भयो नेपाल चलचित्र कलाकार संघको भवन

बन्ने भयो नेपाल चलचित्र कलाकार संघको भवन

काठमाडौं । विगत दुई दशकदेखि नेपाल चलचित्र कलाकार संघको कार्यालयका लागि भवन निर्माण गर्ने योजनाले बल्ल सार्थकता पाउने भएको छ ।

चन्द्रागिरी नगरपालिका वडा–१२ पुरानो नैकाप थानेटारमा कलाकार संघको आफ्नै भवन निर्माण हुने लागेको हो । ३३ वर्षअघि स्थापना भएको संघको निर्वाचनमा विगतमा हरेक अध्यक्षले संघको कार्यालयका लागि भवन निर्माण गर्ने योजना सुनाउने गरेका थिए । सो योजनालाई यतिबेला संघका अध्यक्ष रवीन्द्र खड्काले पूरा गर्दै छन् ।

नेपाल सरकारले २०७७ र ७८ को आर्थिक वर्षको बजेटमा कलाकार संघको भवन निर्माणलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । सो घोषणपछि यतिबेला संघका पदाधिकारीहरू भवन निर्माणमा सक्रिय भएका छन् । जसका लागि नैकापमा जग्गा खोजेर भवनको प्रारम्भिक कार्य थालिएको छ ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिका–१२ पुरानो नैकाप थानेटारमा संघको भवन शिलान्यास गरेका छन् । विधिवत् रूपमा पूूजा गरेर मन्त्री श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । उनले कलाकार संघको आफ्नै भवन निर्माण गर्न लागिएकोमा अब कलाकारहरूले गर्व गर्नुपर्ने बताए । भवन चाँडो निर्माण होस् भन्ने शुभकामना पनि उनले सो कार्यक्रममा व्यक्त गरे ।

नेपाल चलचित्र कलाकार संघले भवन निर्माण गर्ने भनेपछि संघबाट स्थापना गरिएको भवन निर्माण कोषमा लामो समयदेखि आर्थिक सहयोग जुट्दै आएका छ । सो सहयोगबाट संघको जग्गा अझ नेपाल सरकारले पनि सो कोषमा आर्थिक सहयोग गरेपछि आफूूहरूले भवन निर्माणको कार्य अघि बढाएको संघका पदाधिकारीहरूले बताएका छन् ।
यो पनि पढ्नुहोस तापसी पन्नुको पश्न : हामीलाई पाँचगुना थोरै पारिश्रमिक किन ?

संघको भवनको शिलान्यास गरिएपछि संघका अध्यक्ष रवीन्द्र खड्का निकै पुलकित भएका छन् । संघको भवन निर्माण गर्ने सपना आफ्नो सफल हुन लागेको पनि उनले बताएका छन् । उनका अनुसार, साढे तीन तल्लाको भवन निर्माण गर्न लागिएको हो ।

अध्यक्ष रवीन्द्र खड्काका अनुसार संघको भवन निर्माणका लागि सरकारबाट ५० लाख रूपैयाँ प्राप्त भएको छ । अहिले सोही रकमबाट भवनको निर्माण थालिएको छ । सरकारले अरु पनि सहयोग गर्ने भनेपछि आफूहरू अझ उत्साहित भएको पनि अध्यक्ष खड्काले बताएका छन् । यस्तै, संघको भवन निर्माण शिलान्यास गरेसँगै विदेश तथा संघका स्वदेशकै विभिन्न शाखाबाट आर्थिक सहयोगको घोषणा भइरहेको पनि उनले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि संघको आफ्नै भवन हुन कलाकारहरूका लागि खुसीको कुरा भएको बताएका छन् । उनले कार्यक्रममा शुभकामना दिँदै संघको भवन निर्माणमा बोर्ड र आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने बताएका छन् ।

भवनको शिलान्यास कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान अग्रज हास्य अभिनेता हरिवंश आचार्य, अभिनेता कृष्ण मल्ल, निर्देशक रमेश बुढाथोकी, चलचित्र निर्देशक दिनेश डिसी, कानुन व्यवसायी शम्भु निरौला, कलाकार कृष्ण ढुंगानालगायतले पनि शुभकामना दिए ।

यो समाचार राजधानी डेली डट कमबाट साभार गरिएको हो । यो खबर राजधानी डेलीमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://rajdhanidaily.com/id/31002/

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *