बागमति प्रदेश निर्माण व्यवसायी महासंघको नयाँ कार्य समिति निर्वाचित, अध्यक्षमा सुवित श्रेष्ठ

बागमति प्रदेश निर्माण व्यवसायी महासंघको नयाँ कार्य समिति निर्वाचित,  अध्यक्षमा सुवित श्रेष्ठ

धादिङ । बागमति प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा सुवित श्रेष्ठ निर्वाचित भएका छन् । धादिङमा भएको प्रथम अधिबेशनबाट अध्यक्षसहित कार्यकारी पदमा पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचत हुने अन्य पदाधिकारीका बरिष्ठ उपाध्यक्ष राजाराम न्हिसुतु, उपाध्यक्षमा दिपेन्द्र थापा, महासचिवमा राजकुमार बुढाथोकी, उप–महासचिवमा भत्त बहादुर बस्नेत, सचिवमा कृष्ण कुमार केसी, कोषाध्यक्षमा उमेश रिजाल र सह–कोषाध्यक्षमा राजेश भेटवाल रहेका छन् ।

सदस्यहरुमा राजेन्द्र उप्रेती, पदम बहादुर श्रेष्ठ, लिला कुमारी थापा, हिरा लामा, इन्द्र बहादुर तामाङ, चन्द्र कुमार वाईवा र लामा रेन्जन घले निर्वाचित भएका छन् ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *