बागमतीमा एक अर्व लगानीमा यसरी बन्दैछन् १० वटा शित भण्डार

बागमतीमा एक अर्व लगानीमा यसरी बन्दैछन् १० वटा शित भण्डार

हेटौंडा । बागमती प्रदेशको भूमि व्यवास्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका बिभीन्न जिल्लामा शित भण्डार निर्माणको काम गरेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनि संगको साझेदारीमा शित भण्डार निर्माण गरेको हो ।

धेरैजसो शित भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेका छन् । केही मात्र शित भण्डार निर्माणको काम ५० प्रतिशत भन्दा कम छन् । शित भण्डार निर्माण भएपछी स्थानीय किसानहरु निकै खुसी समेत भएका छन् । अबका दिनहरुमा किसानद्वारा उत्पादित तरकारी र फलफूल भण्डारण गरेर राख्नका लागि सहज भएको प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले वताउनुभयो ।

किसानका लागि गरिएको प्रदेश सरकारको धेरैवटा काम मध्यमा महत्वपूर्ण काम रहेको मन्त्री लामाले वताउनुभयो । बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र साझोदार संस्थाहरुको लगानीमा शित भण्डार निर्माण भइरहेका छन् । मन्त्रालय र साझोदार संस्थाहरु समेतको लगानीमा कुल ९७ करोड ८३ लाख ६३ हजार रुपेयाँ लगानीमा शित भण्डार निर्माण भइरहेका हुन् ।

किसानद्वारा उत्पादित तरकारी र फलफूल राख्नका लागि शित भण्डार निर्माणको काम भइरहेको छ । केही शित भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बिभीन्न जिल्लामा निर्माण हुन लागेको शित भण्डार मध्य चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर–६ मा निर्माण हुन् लागेको शित भण्डार एक हो । साझेदारीमा फलफूल तथा तरकारी शीतभण्डार निर्माण भइरहेको छ । यो शित भण्डार खैरहनीको साना किसान कृषि सहकारी संस्थासंगको साझेदारीमा निर्माण गरिएको हो । शित भण्डार निर्माण गरिसकेर यही बैशाखको तेस्रो साता सम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको सहकारीका व्यावस्थापक चन्द्र लामिछाने वताउनुहुन्छ ।

यहाँको शित भण्डार निर्माण गर्नका लागि मन्त्रालयले १२ करोड ९४ लाख ४२ हजार रुपैयाँ उपलब्ध गराएको छ । यहाँको साना किसान सहकारी सहित अरु ३२ वटा सहकारीका किसानलाइ समेत सहज हुनेगरी सबैको लगानी र खैरहनी नगरपालिका समेतको लगानीमा अरु ३० प्रतिशत लगानी गरेर काम गरिएको लामिछानेले वताउनुभयो । अहिले शीत भण्डार सञ्चालनका लागि प्राबिधिक कामहरु भइरहेका छन् । कर्मचारी व्यावस्थापनको काम पनि भइरहेको उहाँले वताउनुभयो । मन्त्रालयको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लगानीमा शित भण्डार निर्माण भइरहेको हो ।

किसानद्वारा उत्पादित तरकारी, फलफूल लगायतका सामाग्री राख्नेगरी शीत भण्डार निर्माण गरिएको हो । यहाँको शीत भण्डारमा एक हजार ५ सय मेट्रिक टन राख्न सक्ने क्षमताको निर्माण गरिएको छ । २०७५ साल चैत १३ गते सझौता गरेर काम सुरु गरिएको थियो । हाल सम्म ९६ प्रतिशत कामको प्रगति भएको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थ बिज्ञ निर्मल पौडेलले जानकारी दिनुभयो ।

धादिङ जिल्लाको बेनीघाट रोराङ्ग गाउँपालिका वडा नम्बर–७ मा पनि १५ सय मेट्रिक टन तरकारी तथा फलफूल अट्नेगरी शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था लिमिटेडसंगको साझेदारीमा निर्माण गरेको हो । यहाँको तरकारी तथा फलफूलको शित भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको सहकारीका अध्यक्ष हेमनाथ थपलीया वताउनुहुन्छ । पहिले शित भण्डार नहुँदा किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बारीमै कुहाउनुपर्ने समस्या समेत भोगेका थिए । अब भने त्यो समस्या नहुने उहाँ वताउनुहुन्छ । आउँदो जेठ महिना सम्ममा शित भण्डार सञ्चालन गर्नेगरी काम भइरहेको उहाँ वताउनुहुन्छ ।

शित भण्डार निर्माण गर्नका लागि मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने संझौता भएको छ । काम अनुसारको रकम पनि उपलब्ध गराइएको मन्त्रालयका अर्थ बिज्ञ निर्मल पौडेल वताउनुहुन्छ । सहकारीले भने ३० प्रतिशत लगानी गर्ने छ ।
मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका किसानका लागि गरेको महत्वपूर्ण काम मध्य शित भण्डार निर्माणको काम पनि एक हो । किसानलाई हरेक क्षेत्रमा सहयोग गर्ने अभियान अनुसार मन्त्रालयले शित भण्डार निर्माण गरिदिएपछी यस क्षेत्रका सयौं किसान खुसी समेत भएका छन् ।

यसैगरी रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर २ मा साना किसान कृषि सहकारी संस्था लिमिटेडसंगको साझेदारीमा ३ सय मेट्रिकटन रकारी तथा फलफूल अट्ने शित भण्डार निर्माण भइरहेको छ । हाल सम्म ७० प्रतिशत काम समेत भएको छ । ३ करोड ७० लाख ३५ हजार रुपैयाँ कुल लागतमा शित भण्डार निर्माण गर्न लागिएको छ । यो शित भण्डार निर्माण भएपछी यस क्षेत्रका सयौं किसानलाई फाइदा पुग्ने छ ।

सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर ५ मा मुकुटेश्वर बहुउदेश्य कृषि सहकारी संस्था लिमिटेडसंगको साझेदारीमा शितभण्डार निर्माण भइरहेको छ । हाल सम्म ६९ प्रतिशत निर्माणको काम सकिएको छ । ५ सय मेट्रिकटन क्षमताको यस शित भण्डार निर्माण गर्नका लागि ५ करोड ३० लाख ८० हजार रुपैयाँ लागतमा काम भइरहेको हो ।

सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ७ मा गोल्मुथान कृषि सहकारी संस्थासंगको साझोदारीमा शित भण्डार निर्माणको काम भइरहेको छ । ५ सय मेट्रीकटन क्षमताको शित भण्डार निर्माणको काम ३४ प्रतिशत सकिएको छ । कुल ५ करोड ३५ लाख १७ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको हो ।

सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाको पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसंगको साझेदारीमा ५ सय मेट्रकटन अट्ने शित भण्डार निर्माणको काम भइरहेको हो । ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा शित भण्डार निर्माण भइरहेको छ । हाल सम्म ४५ प्रतिशित निर्माणको काम सम्पन्न भएको सहकारीले जनाएको छ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर ५ जिरी कृषि सहकारी संस्था लिमिटेडसंगको साझेदारीमा ५ सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण भइरहेको छ । हाल सम्म यस शितभण्डारको काम ३५ प्रतिशत सकिएको छ । कुल ५ करोड ३७ लाख १६ हजार रुपैयाँ लागतमा शित भण्डार निर्माण भइरहेको हो । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा पनि शित भण्डार निर्माणको काम भइरहेको छ । ५ सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माणको काम ४० प्रतिशत सकिएको मन्त्रालयले जनाएको छ । कुल ५ करोड ३० लाख ९५ हजार रुपैयाँ लागतमा निर्माणको काम भइरहेको छ ।

यसैगरी प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले दुइवटा नगरपालिकामा निजी कम्पनिसंगको साझेदारीमा ५० प्रतिशत रकम मन्त्रालयलेृ बेहोर्नेगरी ठुला शित भण्डार निर्माण गरिरहेको छ । मन्त्रालयले ५० प्रतिशत र साझेदार कम्पनिले ५० प्रतिशत लगानी गर्नेगरी काम भइरहेको हो । बिदुर नगरपालिका वडा नम्बर ५ र बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा ५ हजार मेट्रिकटन क्षमताका शित भण्डार निर्माण भइरहेका हुन् । दुबै नगरपालिकामा ५ मेट्रिक टन का दरले तरकारी र फलफूल राख्न सकिने छ । दुबै नगरपालिकामा शित भण्डारी निर्माणको काम ५० प्रतिशत सकिएको छ ।

बिदुर नगरपालिकामा साझेदार संस्था र मन्त्रालय समेतको गरेर २१ करोड ५२ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढी नगरपालिकामा साझेदार संस्थाको समेत गरेर २० करोड १२ लाख ७४ हजार रुपैयाँ लागतमा शित भण्डार निर्माण भइरहेको हो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *