बागमती प्रदेश सरकारले २१ वटा प्रहरी भवन बनाउने

बागमती प्रदेश सरकारले २१ वटा प्रहरी भवन बनाउने

मकवानपुर। बागमती  प्रदेश सरकारले चालू आर्थिक वर्षमा २१ वटा प्रहरी भवन बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षमा प्रदेशभर २१ वटा प्रहरी भवन बनाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

बैठकले प्रदेशभित्रका प्रहरीका लागि तत्काल आवश्यक रहेको १२ वटा गाडी र २२ वटा मोटरसाइकल उपलब्ध गराउने मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृत प्रदान गरेको छ ।

बैठकले प्रदेशभित्रका नागरिकलाई हृदयघात भएमा तत्काल उपचार गर्नेसम्बन्धी गंगालाल हृदय रोग केन्द्रसँग सहकार्य गर्ने निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिए । यसैगरी सरकार स्थापनाको तीन वर्ष पुगेका अवसरमा बिहीबार तेस्रो वार्षिकोत्सव समारोह आयोजना गर्ने निर्णय बैठकले गरेको छ । इकान्तिपुरबाट ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *