बाढी पहिरोको असर : १ सय ३ राष्ट्रिय राजमार्गमा क्षति, १३ सडक अवरुद्ध

बाढी पहिरोको असर : १ सय ३ राष्ट्रिय राजमार्गमा क्षति, १३ सडक अवरुद्ध

मनसुन शुरू भएसँगै आएको बाढीपहिरोले हालसम्म मुलुकभरका १ सय ३ राष्ट्रिय राजमार्गहरूमा क्षति पुर्‍याएको छ ।

यी सडकहरूमध्ये १३ सडकहरूमा अहिले पूर्ण रूपमा यातायात अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार मनाङमा डुम्रे–बेशीसहर–चामे सडकखण्ड अन्तर्गत तिमाङ छहरा, अरनिको राजमार्ग अन्तर्गत सिन्धुलीको लिपिङ पुल, मनाङको तिमाङ खोला, धारापानी र बगरछाप सडक पूर्ण अवरुद्ध बनेको छ ।

यस्तै सिन्धुपाल्चोकको जुरे, कोदारी, लमजुङको रामबजार, अर्खले र च्याम्चेमा सडक अवरुद्ध छ ।

यस्तै तनहुँको भन्सार, नाराणघाट मुग्लिन सडकखण्डअन्तर्गत चितवनको २० किलोमा पनि सडक अवरुद्ध छ ।

विभागका अनुसार, रसुवाको त्रिशुली खोलामा पनि सडक अवरुद्ध रहेको छ ।

जेठ ३० गतेदेखि हालसम्म विभिन्न ५५ सडकमा एकतर्फी सञ्चालनमा आएको विभागले जनाएको छ ।

यस्तै ३५ सडक दुवैतर्फ सुचारू भएका छन् ।

यो समाचार लोकान्तर डट कमबाट साभार गरिएको हो । यो खबर लोकान्तर डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://lokaantar.com/story/149779/2021/7/8/main-news/news-#

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *