बूर्तिवाङ–खुंखानी सडक पुनःनिर्माण सकियो, हस्तान्तरण हुन बाँकी

बूर्तिवाङ–खुंखानी सडक पुनःनिर्माण सकियो, हस्तान्तरण हुन बाँकी

नवीनशिशिर विक
बागलुङ । बागलुङमा भुकम्पले क्षति गरेको सडक स्तरवृद्धिको काम सकिएको छ । सडकलाई बाह्रै महिना संचालन गर्न सक्ने गरी दुई वटा मोटरेबल पुलनिर्माणधीन अवस्थामा छन् ।ढोरपाटन नगरपालिका र तमान खोला गाउँपालिका जोड्ने करिव दशकिलो मिटर सडक स्तरवृद्धि गरिएको हो । वि.स २०७२ सालको भुकम्पले क्षतिग्रस्त बूर्तिवाङ–खुङ्गा–बोंगादोभान–खुंखानी सडकमा क्षति गरेको थियो ।

तमानखोला गाउँपालिकाको दुर्गम वडालाई पालिका केन्द्रमा जोड्ने गरी क्षतिग्रस्त सडकस्तर वृद्धि गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजनाकार्यान्वयन इकाई अनुदान व्यवस्थापनतथा स्थानीय पूर्वाधार सडकका इन्जिनियर हरिशचन्द्र बढुले जानकारी दिनुभयो ।

सब–वेस प्रकारको सडक कालिका प्यासिफिक जे.भीले वि.स २०७५ बैशाख १० गते सम्झौता गरी निर्माण कार्य थालेको थियो । निर्माण कम्पनीले वि.स २०७६ साल कात्र्तिक ९ गते निर्माण सम्पन्न गरे पनि हस्तान्तरण हुन सकेको छैन । एक बर्षे परीक्षण काल रहेको हुँदाचालु आर्थिक वर्षको अन्तिमसम्म सडक आयोजनालाई निर्माण कम्पनीले हस्तान्तरण गर्ने इन्जिनियर बढुको भनाई छ । जिल्लामा एउटा मात्र सडक पुनःनिर्माणको लागि योजना स्वीकृतिभएको थियो ।

सडक निर्माण कम्पनीले अहिले पनिब र्खाको पानीले क्षतिग्रस्त सडकमा ग्याविन जाली, मेसिनरी वाल, नाली निर्माणको काम गरिरहेको छ । १५ करोड७९ लाख रुपियाँको लागतमा सडक पुनःनिर्माण गरिएको हो । एक बर्षको परीक्षण अवधि सकिए पछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिने छ । सडकलाई पाँच मिटर चाक्लो बनाइएको छ । घुम्ती र अप्ठ्यारो ठाउँमा पाँच मिटर भन्दाचाक्लो सडकनिर्माण गरेको इन्जिनियर बढुको भनाई छ ।

बूर्तिवाङ–खुङ्गा–बोंगादोभान–खुंखानी सडक खण्डको दुई स्थानामा हाल दुई वटा मोटरेबल पुननिर्माणधीन अवस्थामा छन् । सडक खण्डको लुकुरवान खोलामा २५ मिटरको टि गर्डर प्रकृतिको पुल कर्ण प्रदिपजुम्ली जेभीले गतवर्षको मंसिर २ गतेदेखि निर्माण थालेको थियो । उक्तपुलका ६५ प्रतिशतनिर्माण कार्य सम्पन्नभएको छ । पुलनिर्माणको समय आगमी बैशाख २८ गतेसम्म रहेको छ ।

४० मिटर लम्बाईको भालीवाङ खोलापुल नयाँबाटो सुर्याेदयजिएस जेभीले गतअसोज १२ गते सम्झौता गरी निर्माण कार्य थालेको छ । इन्जियर बढुका अनुसार उक्तपुलको भौतिकप्रगती २५ प्रतिशत छ । चार करोड ४२ लाख रुपियाँमाभालीवाङ पुलनिर्माण हुँदैछ ।

दुई वटा पुलनिर्माण पश्चात पालिकाकाभित्र बाह्रै महिना सडक संचालनमा आउने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । पुलनहुँदा बर्खामा सडक अवरुद्ध हुने गर्छ अध्यक्ष बुढाले भन्नुभयो–‘पुलबन्यो भने जनतालाई सुविधापुग्नेछ ।’

यो समाचार गोरखापत्र अनलाइनडट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाइनमा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/mustread/2021-02-02-31278

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *