भारतमा नयाँ संसद् भवन त्रिकोणाकार हुने, के हो कारण ?

भारतमा नयाँ संसद् भवन त्रिकोणाकार हुने, के हो कारण ?

भारतमा नयाँ संसद् भवनको शिलान्यास प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार गर्ने भएका छन् ।

टाटा प्रोजेक्ट्स लिमिटेडले बनाउन लागेको नयाँ भवनको शैली त्रिकोणात्मक हुनेछ । किन त्रिकोण आकारको भवन बनाउन लागिएको हो त ?

भवनको त्रिकोणाकार वास्तुको हिसाबले निश्चित गर्न लागिएको हो । वैदिक संस्कृतिमा त्रिकोणको आफ्नै महत्त्व छ । अनेक किसिमका तान्त्रिक अनुष्ठानमा त्रिकोण आकृति बनाइन्छ । यस्तो आकृतिले नै अनुष्ठान पूरा हुने मान्यता छ ।
भारतमा अहिले हिन्दूवादी सरकार भएको बेलामा वैदिक स्थापत्यकला उपयोग गरेर मन्दिर बनाउन लागिएको हो ।

एक वर्षमा भवन निर्माण पूरा गरिने योजना छ । यसमा लगभग दुई हजार मानिस प्रत्यक्ष संलग्न हुनेछन् भने ९ हजारजना परोक्ष रूपमा जोडिनेछन् ।

पुरानो संसद् भवनसँगै जोडिएर यो भवन बनाइनेछ । टाटा प्रोजेक्ट्स लिमिटेडले अघिल्लो महिना ८६१.९० करोड भारु कबोलेर भवन निर्माणको ठेक्का पाएको थियो ।

नयाँ संसद् भवनमा विशाल संविधान हल बनाइनेछ र त्यसमा भारतीय संविधानको मूल प्रतिका साथै भारतीय लोकतान्त्रिक विरासतहरूलाई प्रदर्शनमा राखिनेछ ।

सांसदहरूका लागि लाउन्ज, पुस्तकालय, विभिन्न समितिका कक्ष, खानपान कक्ष र पर्याप्त पार्किङ स्थल पनि नयाँ संसद् भवनको परिसरमा रहनेछन् ।

नयाँ संसद् भवन नबनुन्जेल अहिलेको भवनमा नै संसदीय सत्र राखिनेछ । निर्माण कार्यका कारण बैठकमा बाधा नपुग्ने कुरा सुनिश्चित गरिनेछ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *