भीमफेदी–कुलेखानी सडक दुई महिना बन्द

भीमफेदी–कुलेखानी सडक दुई महिना बन्द

हेटौँडा । हेटौँडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको मार्ग दुई महिनाका लागि बन्द भएको छ ।

निर्माणाधीन भीमफेदी–कुलेखानी सडक खण्ड आगामी चैत १० गतेसम्मका लागि बन्द भएको हो ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीहरुमा सिमेन्ट कङ्क्रिट ढलान हुने भएकोले सडक बन्द गरिएको जानकारी दिनुभयो ।
उहाँले उक्त सडक आयोजनाको निर्माण कार्यसँग सम्बन्धित सवारी साधनबाहेक अन्य सवारी साधनहरू दुई महिनाका लागि सञ्चालन गर्न रोक लगाइएको बताउनुभयो ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडक खण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । भीमफेदी–कुलेखानी सडक अबरुद्ध भएसँगै हेटौँडाबाट काठमाडौँ जान अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *