मकवानपुरको हाँडीखोलामा पक्कीपुलको मुख्यमन्त्रीद्वारा सिलान्यास

मकवानपुरको हाँडीखोलामा पक्कीपुलको मुख्यमन्त्रीद्वारा सिलान्यास

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर –३ स्थित हाँडीखोलामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको छ । पुलको शिलान्यास गर्दै उहाँले वषौंसम्म धेरै सरकार बने तर, अरुले के काम गरे र अहिलेको सरकारले के के काम गरेको छ सबैले बसझ्न जरुरी रहेको वताउनुभयो ।

प्रदेश सरकारले सुरुवात देखि कानून निर्माण गर्दै धेरै खालका काम गरेको वताउनुभयो । मनहरी गाउँपालिकामानै कती धेरै काम भएको छ हेर्नका लागि उहाँले आग्रह गर्नुभयो । विकासका लहरहरु देशैभरी आएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । समृद्धीको यात्रा सुरु भएको वताउँदै तीन वटै सरकारले धेरै काम गरेको उहाँले वताउनुभयो । अहिले वन्दै गरेको पुल निर्माणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने वताउनुभयो ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री पौडेलले मनहरी गाउँपालिकाले विकास निर्माणका कामलाई तीब्रता दिएकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले उक्त पुल निर्माणको लागि चालु आर्थिक वर्ष ०७७।७८ मा १ करोड ५० लाख रुपैयाँ प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले पुल निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायीलगायत सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चालु आर्थिक वर्षमा उक्त पुल निर्माणको लागि लागि ५ करोड ३५ लाख ५१ हजार ५२५ रुपैयाँ बजेट विनियोजन गरिएको र निर्माण व्यवसायीबाट पनि तोकिएको समयअगाबै पुल निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता प्राप्त भएको बताउनुभयो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *