मदन भण्डारी राजमार्ग ९०% सम्पन्न

मदन भण्डारी राजमार्ग ९०% सम्पन्न

निर्माणाधीन धरान–चतरा–सिन्धुली–हेटौंडा (मदन भण्डारी) राजमार्गको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि सकिने अवस्थामा पुगेको हो। राजमार्गको पूर्वी र पश्चिमी दुवै खण्डको काम तीव्र गतिमा भइरहेको र हालसम्म ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको राजमार्गको पूर्वी र पश्चिम आयोजना कार्यालयले जनाएको छ।

‘हालसम्म झण्डै ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ,’ आयोजनाका पश्चिम खण्डका इन्जिनियर निरञ्जन थापाले भने, ‘अहिले बर्खायाम भएकाले काम गर्न समस्या भएको छ ।’ सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका हुँदै जाने पूर्व–पश्चिम राजमार्गको विकल्प मानिएको यसको दुवै खण्डमा करिब ८५ प्रतिशत सडक निर्माण भइसकेको आयोजनाले जनाएको छ। ‘सडकतर्फकोे काममा ९० प्रतिशतभन्दा बढी प्रगति भइसकेको छ,’ उनले भने। वाग्मतीमा एउटा पुल निर्माणाधीन रहेको र सिन्धुली सदरमुकाममा ६ किलोमिटर सडक हालसम्म निर्माण नभएकाले सिन्धुलीको ग्वाङ खोलामा एउटा पुल निर्माण गर्न बाँकी रहेको आयोजनाका पश्चिम खण्ड प्रमुख राजेन्द्रप्रसाद दासले बताए …

यो समाचार नागरिक न्युज डट कमबाट साभार गरिएको हो । यो खबर नागरिक न्युज डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *