मनहरीमा करोड- करोडको खानेपानी योजना सञ्चालन

मनहरीमा  करोड- करोडको खानेपानी योजना सञ्चालन

मकवानपुर । मनहरीमा खानेपानीका एक दर्जन योजना सञ्चालनमा छन् । मनहरीका बिभीन्न वडामा खानेपानीको वषौं देखिका समस्या टार्नका लागि योजना सञ्चालन गरिएको छ । चार वर्षको अवधिमा खानेपानीका धेरै समस्या भएका गाउँमा बृहत योजना सञ्चालन गरेर पानीको समस्या टार्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर–६ लोथरमा चार वर्ष देखि खानेपानी योजना सञ्चालन भइरहेको छ । ४० लाख रुपैयाँ लागतमा खानेपानी योजनाको काम भइरहेको हो । यो योजना सम्पन्न भएपछी लोथरका वासिन्दालाई खानेपानीको समस्या हुँदैन ।

मनहरी गाउँपालिका वडा नम्बर–६ बालुभन्ज्याङमा खानेपानी योजना सञ्चालन भइरहेको छ । जमिनमुनीबाट लिफ्टका माध्यमले खानेपानी योजना सञ्चालन गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । मनहरी गाउँपालिका वडा नम्बर–७ बिजौनामा ७५ लाख रुपैयाँ लागतमा खानेपानी योजनाको काम भइरहेको छ । लिफ्टीङका माध्यमले पानी तान्ने काम सुरु गरिएको हो । योजना सम्पन्न भएपछी बिजौनाका वासिन्दाको पानीको सधैको समस्या हट्ने उहाँले वताउनुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर–८ देबकोट मा खानेपानी योजना निर्माणको काम भइरहेको छ । ३५ लाख रुपैयाँ लागतमा काम भइरहेको हो । लिफ्टिङका माध्यमले पानी तानेर यस क्षेत्रका वासिन्दालाई खुवाउने काम अन्तिम चरणमा पुगेको छ ।

मनहरी–८ कै सिमपानीमा २ करोड ५० लाख रुपैयाँ लागतमा बृहत खानेपानी योजना सञ्चालन भइरहेको छ । लिफ्टका माध्यमले पानी तानेर स्थानीयलाई खुवाउन लागिएको अध्यक्ष उप्रेतीले वताउनुभयो । ३ लाख लिटर पानी अट्ने क्षमताको टंकी गरिदै छ । अहिले पाइप गाड्ने काम भइरहेको छ । सिम्पानीका सबैलाई पानी खुवाउनेगरी योजना सञ्चालन भइरहेको हो ।

मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरेमा बृहत खानेपानी योजना सञ्चालन भइरहेको छ । २–२ लाख लिटर क्षमताको पानी टंकी निर्माणको काम भइसकेको छ । २ करोड ५० लाख रुपैयाँ लागतमा काम भइरहेको हो ।

मनहरी गाउँपालिका वडा नम्बर–४ मसिनेमा मुहान तयार गर्ने काम भइरहेको छ । तल्लो र माथिल्लो मसिनेमा काम भइरहेको हो । तल्लो मसिनेमा टंकी निर्माण गर्ने र पाइपको काम पनि भइसकेको उहाँले वताउनुभयो । यसैगरी मनहरी–३ भुन्दु्रङमा खानेपानी योजान निर्माणको काम भइरहेको छ । २५ लाख रुपैयाँ लागतमा काम भइरहेको हो ।

मनहरी गाउँपालिका वडा नम्बर–१ मा एक करोड १० लाख रुपैयाँ लागतमा खानेपानीका लागि काम भइरहेको छ । मुहानबाट पानीटंकी सम्म पानी ल्याउने काम भइसकेको छ । अब हरेकका घरघरमा पानी पुयाउनका लागि काम थालिएको छ ।

मनहरी–१ कै गोगनपानीमा एक करोड रुपैयाँ लगानीमा खानेपानी टंकी निर्माण, पाइपलाइन विस्तार गरेर वितरण गर्ने तयारी थालिएको छ । मनहरी–१ कै चकरीमा पनि २५ लाखरुपैयाँ लागतमा बोरिङ गर्ने काम भइरहेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *