मन्त्रीकै फोटो टाँसेपछि निर्माण ढिलाइका ठेक्का तोड्न निर्देशन

मन्त्रीकै फोटो टाँसेपछि निर्माण ढिलाइका ठेक्का तोड्न निर्देशन

काठमाडौँ l दोलखास्थित चरिकोट–मुडे सडक विस्तार समयमै नसकेको भन्दै स्थानीयले गत शनिबार सार्वजनिक सवारीमा मन्त्रीदेखि सचिवसम्मका फोटो टाँसेर विरोध जनाए । उक्त सडक विस्तारको जिम्मा शंकरमाली निर्माण सेवाले पाएको छ । ६ वर्षसम्म काम अलपत्र पारेको भन्दै स्थानीयले कारबाही गर्ने निकाय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको पनि फोटो टाँसेर विरोध गरे । लामोसाँघु–जिरी सडकअन्तर्गतको उक्त खण्डको काम भारतीय एक्जिम बैंकको ऋण सहयोगमा थालिएको हो ।

भत्केपाटी–नगरकोट सडक निरीक्षण गर्न पुगेकी भौतिकमन्त्री यादवलाई आइतबार स्थानीयले घेरे । वर्षौंसम्म निर्माण व्यवसायीले सडक विस्तारको काम अलपत्र पारेर दैनिक जीवनयापन कठिन बनाएको भन्दै चाँडो निर्माण सक्न स्थानीयले दबाब पनि दिए । मन्त्री यादवले सबैका कुरा सुनिसकेपछि समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने र सडक विस्तारको काम पनि चाँडै सक्ने आश्वासन दिइन् अनि फर्किइन् ।

२०७३ कात्तिक ४ मा काम सक्ने गरी २०७१ जेठ २२ मा यो सडकको सम्झौता भएको हो । तर ६ पटक म्याद थप्दा पनि काम सकिएको छैन । एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा यो सडक खण्डको काम अघि बढाइएको हो । सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिएको थियो ।

अहिले लागत बढाएर ३४ करोड रुपैयाँ पुर्‍याइएको छ  । शैलुङ र एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) ले संयुक्त ठेक्का लिएका छन् । तर काम सात वर्षदेखि अलपत्र छ ।

निर्माण व्यवसायीले सडक निर्माण अलपत्र पारेपछि आक्रोशित स्थानीयले सार्वजनिक सवारीमा आफ्नै फोटो टाँस्ने र निरीक्षणमा जाँदा घेर्न थालेपछि मन्त्री यादवले समयमै काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गरी ठेक्का तोड्न निर्देशन दिएकी छन् । नगरकोट सडकको अनुगमन गरेर फर्किएपछि सोमबार मन्त्रीले सचिव, विभागीय प्रमुख, आयोजना प्रमुखलगायतसँग बैठक गरी काम नगर्ने निर्माण व्यवसायीलाई सूचना निकालेर कारबाही अघि बढाउन भनिन् …

यो समाचार ईकान्तिपुर डट कमबाट साभार गरिएको हो । यो खबर ईकान्तिपुर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *