मर्मत सकेको एक सातामै भत्कियो बारपाक जोड्ने पक्की पुल

मर्मत सकेको एक सातामै भत्कियो बारपाक जोड्ने पक्की पुल

गोरखा । मर्मत सकेको एक सातामै बारपाक जोड्ने पक्की पुल भत्किएको छ । बाह्रकिलो–बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुलसँग जोडिएको सडक दरौदीको भेलले भत्काएको हो ।

पुल भत्किएपछि सोमबारबाट आवातजावत ठप्प बनेको छ । उक्त सडक भएर बारपाक, लाप्राक, गुम्दाका स्थानीय आउजाउ गर्दै आएका छन् । सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सदरमुकामसम्म पुग्न स्थानीयलाई सास्ती भएको छ ।

आइतबार रातिको भेलले अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका जोड्ने बालुवास्थित पक्की पुलको एकापटिको भाग कटान गरेको स्थानीय प्रदीप घलेले बताए । ‘गाडी आउन जान मिल्दैन, मान्छे भने हिँड्न मिलेको छ,’ उनले भने । पुलको बालुवातर्फको ‘एप्रोच’ सडक कटान भएको हो । डेढ साताअघिको दरौदीको भेलले पुलसँग जोडिएको सडक बगाएपछि मर्मत गरेर सवारी सुचारु भएको थियो ।

पुलसँगै जोडिएको सडक भाँसिएको र मर्मतको तयारी भइरहेको ११ किलो छेवेटार भालुस्वाँरा सडकका इन्जिनियर राजेश यादवले बताए । ‘मर्मत सकेको हप्तादस दिन भएको थियो, ग्राभेल राखेर एप्रोच सडक बनाएका थियौं,’ उनले भने,‘फेरि गए रातिको भेलले काटिदिएछ, आजैबाट मर्मत थाल्छौं ।’ नदी डाइभर्ट नहुँदा खोला कर्नरतिर (बालुवातर्फ) बगेको उनले बताए ।

यो समाचार ईकान्तिपूर डट कमबाट साभार गरिएको हो । यो खबर ईकान्तिपूर डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://ekantipur.com/pradesh-4/2021/07/19/16266870280134398.html

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *