मर्स्याङदी करिडोर अन्तर्गत २२० केभी सवस्टेशनको निर्माण कार्य सुरु

नेपाल विद्युत प्राधिकरणले मर्स्याङदी करिडोर अन्तर्गत २२० के।भी।सवस्टेशनको निर्माण कार्य सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि मनाङ देखि उदिपुरसम्म २२० केभी ४६ किमी प्रशारण लाईन तथा मनाङ–धारापानी र लमजुङ–खुदीको २२० केभी सबस्टेसनको निमार्ण कार्य पनि सुरु गरेको हो ।

उक्त करिडोरमा उदीपुर–मार्किचोक–भरतपुर ६७ किमी प्रशारण लाईन निमार्णको कार्य शुरु भएसँगै हाल लमजुङको उदीपुरबाट मध्य मर्स्याङ्दीसम्म टावर निमार्णको काम समेत सुरु गरिसकेको छ । त्यस्तै २२० के।भी उदीपुर र भरतपुर सवस्टेशनको कार्य ९ जुलाई २०२० बाट सुरु भएको छ भने उक्त कार्य २०२१ को डिसेम्बर भित्र सम्पन्न्न गर्ने लक्ष रहेको छ ।

२२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तन विक्रम राणाले युरोपियन ईन्भेस्टमेन्ट बैंकको ऋणमा ११० किमी २२० केभी लाइन र ४ वटा २२० केभी का ग्यास इन्सुलेटेड सवस्टेशनहरु क्रमश स् धारापानी, खुदी, उदिपुर र भरतपुरमा निर्माण गर्न लागिएको बताए ।

प्रमुख राणाका अनुसार मर्स्याङ्दी करिडोर प्रसारण लाईनबाट प्रवाह भएको विद्युत् मार्किचोक हुँदै काठमाडौं र भरतपुर पुग्नेछ । मार्किचोक–काठमाडौँ २२० केभी प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेकोे छ । मर्स्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइननिर्माण गर्न लागिएको हो ।

मर्स्याङ्दी बेशिनमा जम्मा सम्भावित १६०० मेगावाट विद्युत उत्पादन हुनेछ र उक्त १६०० मेगावाट उत्पादित विद्युत मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाईनबाटै राष्ट्रिय प्रसारण ग्रीडमा आबद्ध हुनेछ । आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रहेको छ । यसको निर्माण आर्थिक वर्ष ०७८र७९ मा सक्ने लक्ष्य रहेको आयोजना प्रमुख राणाले बताए ।

प्राधिकरणले लमजुङको उदीपुरदेखि गरमबेसी सम्म टावरले ओगट्ने क्षेत्रको उचित मुल्याङ्कनको मुआब्जा वापतको रकम समेत दिइसकेको छ भने तारमुनिको जग्गाको उचित क्षतिपुर्ति दिने तयारी भइरहेको आयोजनाका प्रमुख राणाको भनाई छ । दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारण लाइनको निर्माण पनि सुरु भइसकेको छ ।

यो सँगै अब लमजुङको दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् खेर नजाने अवस्था देखिएको छ । उदीपुरमा सब स्टेसन र उदिपुर–मार्किचोक ९तनहुँ० प्रसारण लाइननिर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या नहुने प्राधिकरणको भनाई छ ।

तर, उक्त प्रसारण लाइन निमार्ण नभएसम्म उत्पादित विद्युत खेर जान नदिन वैकल्पिक उपायमार्फत कीर्तिपुर–उदिपुर १३२ केभी प्रशारण लाईन र उदिपुर देखि मर्स्याङ्दी सम्मको करिब ५ कि।मी २२० केभी प्रसारणलाईनलाई १३२ के।भी।मा चार्ज गरि २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपुल्स हाइड्रोपावरको ५४ मेगावाटको सुपर दोर्दी ख लगायतका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण ग्रीडमा जोडिनेछ ।

यो समाचार नयाँपत्रिका डेली डट कमबाट साभार गरिएको हो । यो समाचार नयाँपत्रिका डेलीमा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://www.nayapatrikadaily.com/news-details/58731/2021-01-19

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *