माउन्टेन इन्फ्राले पायो चन्द्रशमशेरको पालाको सुरुङमार्ग पुनर्निर्माणको जिम्मा, बजेट सीमा ५ करोड

माउन्टेन इन्फ्राले पायो चन्द्रशमशेरको पालाको सुरुङमार्ग पुनर्निर्माणको जिम्मा, बजेट सीमा ५ करोड

आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एसियाकै पहिलो मानिएको सुरुङमार्गको पुनर्निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्नसक्ने निर्माण कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेकोमा उक्त कम्पनीको प्रस्ताव छनोट भएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार सुरुङको पुननर्निर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने जनाइएको छ।

यो समाचार नेपाल खबर डट कमबाट साभार गरिएको हो । यो खबर नेपाल खबरमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *