मेलम्ची खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा सामाखुशीमा घर भत्कियो

मेलम्ची खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा सामाखुशीमा घर भत्कियो

काठमाडौं । काठमाडौंको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका-२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए ।

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौँको सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *