म्याद अगावै ठेक्का सम्पन्न गर्दै विवेक विनिता निर्माण सेवा

म्याद अगावै ठेक्का सम्पन्न गर्दै विवेक विनिता निर्माण सेवा

मकवानपुर । सम्झौताको म्याद अगावै मकवानपुरको हात्तिसुँढे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको विवेक विनिता निर्माण सेवाले ठेक्का पाएका अन्य निर्माणका दुईवटा कामहरु पनि सम्झौता अगावै सम्पन्न गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा ३९८ मिटर स्लाब ढलान र बागमती गाउँपालिका वडा नम्बर ५ बगेरीमा ८०३ घनमिटर जाली भर्ने काम म्याद अगावै सम्पन्न गरिएको विवेक विनिता निर्माण सेवाका प्रबन्धक विवेक बोलखेले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब ४५ लाख रुपियाँमा ठेक्का पाएको हेटौंडा–१२ स्थित बिष्णुचोक–खोराङ स्लाब ढलानको सम्झौता म्याद २०७८ असार २२ गतेसम्म छ । त्यसैगरी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत उर्जा, जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयको २० लाख बजेटमा सम्पन्न गर्नुपर्ने बागमती–५ स्थित बगेरी बस्ती बचाउ कार्यक्रमको म्याद २०७८ असार ३० गतेसम्म तोकिएको छ । दुबै ठेक्काअन्तर्गत निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरणको काम मात्र बाँकी रहेको निर्माण कम्पनीका सञ्चालक राजनप्रसाद बोलखेले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा उक्त कम्पनीले बकैयामा आधारभूत स्वास्थ्य केन्द्रहरुको भवन निर्माण गरिरहेको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिका–५को सामुदायिक भवन पनि तीव्र गतिमा निर्माण भइरहेको प्रबन्धक बोलखेले बताउनु भयो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *