काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा सोमबार उहाँले ग्राहकलाई ठगिन नदिन तथा सडकजाम लगायतका समस्या समाधान गर्नेगरी व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प नरहेको स्पष्ट पार्नुभएको हो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले ट्याक्सी, बस, कार लगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन लागिपर्ने बताउनु भयो । त्यस अवसरमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनहरुको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकहरुलाई आग्रह समेत गर्नुभयो । सामाजिक सेवाको भावनाअनुसार बिरामीहरुलाई निःशुुल्क सेवा दिन पनि सवारी चालकहरुको ध्यानाकर्षण गराउनुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।
समाजका अध्यक्ष पूूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरित सञ्चालनका आएका निजी कार, भ्यान, जीपको अनुुगमन गरी कार्वाही गर्न माग गर्नुभयो । जवाफमा मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यातायात ऐन प्रतिकूल हुनेगरी सञ्चालनमा आएका सवारी साधनहरुको व्यवस्थापन गरिने बताउनुभयो ।
भेटमा समाजले समय सापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्न माग गरेको छ । चालक तथा चालक मजदुरुहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने लगायतका १४ बुुँदे मागसहितको ज्ञापनपत्र मन्त्री गुरुङलाई समाजले बुुझाएको छ ।
Leave a comment