रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी

रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी

काठमाडौँ । सरकारले रक्सौलदेखि काठमाडौँसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्का विभिन्न मितिमा बसेका बैठकहरुको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकले हुलाकी सडकअन्तर्गतको खण्डमा निर्माण र स्तरोन्नति अघि बढाउन रूख कटानको स्वीकृति दिएको बताए ।     
     
हुलाकी सडक निर्देशनालयलाई धनगढी–भजनी–सती खण्डमा निर्माणका लागि कैलाली जिल्लामा सुइटी–वसन्तीलगायत चार सामुदायिक वनमा परेका रूख काट्न दिइएको हो । यसमा साल, अस्नालगायतका प्रजातिका एक सय रूख डिभिजन वन कार्यालय धनगढी कैलालीमार्फत हटाउन स्वीकृति दिइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको रनवे स्ट्रिपको पूर्वपट्टि रहेको पोखरा महानगरपालिका–२६ स्थित रिठ्ठेपानी डाँडामा रहेका र हवाई सुरक्षार्थ अवरोध र जोखिमजन्य अवस्थामा रहेका रूख तथा पोलहरु कटान गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।     
     
मन्त्रिपरिषद्को बैठकले विभिन्न स्थानीय तहहरूलाई जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए । काठमाडौँको चन्द्रागिरि, गोरखाको पालुङटार, महोत्तरी बर्दिबास, सर्लाही बरहथवा नगरपालिका तथा मोरङ कानेपोखरी, म्याग्दीको रघुगङ्गा, गुल्मीको इस्मा र गुल्मीदरबार, कास्कीको मादी, नुवाकोटको लिखु र नवलपरासीको प्रतापपुर गाउँपालिकालाई जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको बताइएको छ ।     

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *