रमण कन्ट्रक्सन जसले उठायो धरहरा

रमण कन्ट्रक्सन जसले उठायो धरहरा

काठमाडौं । २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा ठूलो जनधनको क्षति भयो । तर, आफू पीडामा हुँदा पनि मानिसहरूको ध्यान धरहरामा थियो । २ सय वर्ष इतिहास बोकेको त्यही धरहरा ढलेसँगै धेरै नेपालीको मनमा चसक्क चस्का बिझेको थियो । भूकम्पले कहाँ कति क्षति भयोभन्दा पनि मानिसहरूको बढी चासो धरहरामा जोडिएको थियो ।

काठमाडौंको केन्द्र सुनधारास्थित ९ तले धरहरा बीचबाट दुई टुक्रा हुँदा धेरैलाई निराश बनायो । धरहरा बनाउन भएको खर्च विकास दृष्टिले फजुल लाग्न सक्छ । तर, यसले मानिसहरूको आत्मियतालाई जोडेको छ । कतिपय बुज्रुकहरू अहिले धरहरा ठडिँदा भोकानाङ्गा जनताले के पाउँछन् रु भनेर प्रश्न गर्छन् । तर, तिनै भोका नाङ्गा जनतालाई गएर सोध्ने हो भने बरु आफूहरू एक छाक खान तयार छन्, नेपालको सम्प्रभूको प्रतीक धरहरा छिटो निर्माण होस् भन्ने कामना गर्छन् ।

धरहरा ढलेको ६ वर्षमा नयाँ स्वरुपमा तयार भएको छ । नयाँ धरहराको उद्घाटन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । मुलुकका विभिन्न विकास आयोजनाहरू निर्माणमा शिथिलता भइरहँदा कतै धरहरा निर्माणमा पनि बिलम्ब हुने त होइन भन्ने आंशकाहरूलाई मेट्दै निर्माणको जिम्मेवारी लिएको रमण कन्स्ट्रक्सनले नयाँ सौन्दर्यता प्रस्तुत गरेको छ ।

भलै धरहरा निर्माण पनि तोकिएको समयमा सम्पन्न हुन सकेन । खासगरी बितेको एक वर्ष कोभिड–१९ को कहरले धरहरा निर्माणमा कठिनाइहरू उत्पन्न भए पनि काठमाडौंमा यतिबेला धरहार सम्पन्न भएर मुलुकको विकासमा पनि नयाँ सिरा सुरु भएको भनेर बहस छेडिएको छ ।

‘म बनाउँछु मेरो धरहरा’

वैशाख १२ गतेको विनासकारी भूकम्पले ढलेको धरहरा निर्माणमा भने सुरुदेखि नै ढिलाइ हुँदै आएको थियो । प्रधानमन्त्री ओलीले २०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ फागुन ४ गते ‘म बनाउँछु मेरो धरहरा’ अभियान सञ्चालन गरेर आफ्नै बलबुतामा धरहरा बनाउने उद्घोष गरेका थिए । तर, २०७३ भदौमा ओली सरकार ढलेसँगै धरहरा निर्माणको काम पनि ओझेलमा पर्यो ।

२०७४ फागुनमा ओली पुनः प्रधानमन्त्री भएसँगै २०७५ पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरे । शिलान्यास भएको करिब साढे २ वर्षमै धरहराले पूर्णता पाएको छ । विभिन्न आरोह र अवरोहहरू पार गर्दै भित्रि ११ तले धरहरा ९भित्र २२ तला० निर्माण सम्पन्न भएर उद्घाटनका लागि तमतयार भएको छ । यद्यपि ‘फिनिसिङ’को काम भने बाँकी छ ।

तोकिएको समयमै निर्माण गर्ने रमण कन्सट्रक्सन

बहुप्रतिष्ठत र चुनौती पूर्ण मानिएको धरहरा ठडाउने जिम्मा लिएको रमण कन्ट्रक्सनका लागि मात्रै होइन नेपालमै ‘टावर’ बनाउने काम नयाँ थियो सबै निर्माण कम्पनीका लागि । विलकुल नयाँ र जोखिमयुक्त काम भएकाले समयमै सकिएला कि नसकिएला भन्ने आशंका त छँदैथियो । त्यसमाथि नेपालमा विकासका मुद्दामा हुने ढिलासुस्तीले धरहरा निर्माण कहिले होला धेरैका लागि चासो थियो ।

२०४७ मा बलराम महतोले स्थापना गरेको रमण कन्स्ट्रक्सनमा छोरा पुस्ताले काँध थापिसकेको थियो । बलरामका छोरा ४० वर्षिय रमण महतोले भविष्यमा आइपर्ने समस्या र निर्माण क्षेत्रमा अघि बढ्न चालिनुपर्ने कदमबारे बृहत् अध्ययन गर्दै आएका थिए । रमणले नेपालीहरूको धरोहर मात्रै उठाएनन् कन्स्ट्रक्सनकै नाम पनि जुरुक्क उचाले । रमण कन्ट्रक्सनमा अहिले पनि बुबा बलराम र भाइ पवन महतो पनि निर्माण क्षेत्रमै सक्रिय छन् । तर, धरहराको ‘लिड’ गर्ने जिम्मेवारी भने रमणले लिएका हुन् ।

१५ वर्ष अमेरिकामा अध्ययन गरेर फर्किएका रमण आफैं डिजाइनर इन्जिनियर हुन् । उनले अमेरिकामा डिजाइन कम्पनीसमेत सञ्चालन गरेका थिए । तर, पछि बुबाको कामलाई साथ दिन भन्दै उनी अमेरिका छोडेर नेपाल आएका हुन् । नेपालमा आएपछि कम्पनीको मुख्य जिम्मेवारी आफैंले सम्हालेका छन् भने भाइ पवनले पनि साथ दिँदै आएका छन् ।

अमेरिकामा अध्ययन गरेर फर्किएका रमणलाई यहाँको निर्माण क्षेत्रमा कस्ता–कस्ता प्रविधिहरू भित्र्याउनु पर्छ भन्ने राम्रो ज्ञान छ । त्यही भएर उनले धरहरालाई छिटो र सरल तरिकाले निर्माण सकाएका छन् । तर, उनलाई लागेको थिएन कि नेपाल सरकार आफैंले लगानी गरेर अर्बौंं रुपैयाँमा यो खालको धरहरा बनाउलान भन्ने ।

जब, भूकम्पले धरहरा भत्किएको खवर सुने, त्यो बेला उनलाई पनि आम नेपालीको झै मन दुखेको थियो । त्यही बेला अब यो धरहरा कसले उठाउँला, पुरातात्विक महत्व बोकेको संरचना निर्माण गर्न कसले लगानी गर्ला भन्ने सोच बनाउँदै अन्तिममा भएन भने आफ्नै कम्पनीले भए पनि बनाउँछु भनेर त्यसको डिजाइनसमेत उतारेका थिए ।पहिलाकै जस्तो संरचना निर्माणका लागि उनले ३ करोड रुपैयाँसम्मको लागत अनुमान गरेका थिए ।

सन् २०१५ मा कति जतिमा बनाउन सकिन्छ भनेर मूल्यांकनसमेत गरेका थिए । साविकको नौ तलाको धरहरालाई इँटा सहितको जोडाइमा निजी क्षेत्रले बनाउन चाहेमा कति सम्ममा बनाउन सकिन्छ भनेर मूल्यांकन निकालेका थिए ।

यो रकममा बनाउन सक्छु कि सक्दिनँ भन्ने सोचिरहेको बेला जगदम्बा ग्रुपले बनाउने खवर सार्वजनिक भएपछि उनी त्यहाँबाट ब्याक भएका थिए । अरु नै काममा लागिरहेको बेला एकैपटक टेण्डर आह्वान भएको थाहा पाएपछि प्रतिस्पर्धामा उत्रिने निधो गरे । बजारमा धेरै कम्पनीहरू रहेकोले आफैंले पाइन्छ भन्ने लागेको थियो । तै पनि आफूलाई पहिला देखिनै बनाउने सोच बनाएकाले नाफा नराखी बनाउन सक्ने गरी टेण्डर हाले र पर्यो पनि ।

‘त्यो बेला बजारमा हाम्रो विषयमा धेरै नकारात्मक समचारहरू पनि आए, रमणले धेरै कम दरमा गएर काम लियो, बनाउन सक्दैन, बीचमै छोडिदिन्छ भन्ने लगायतका कुराहरू पनि नआएको होइन उनले भने, तर, मेरो मनमा यो धरहराको काम जुनसुकै हालतमा भए पनि सम्पन्न गराउँछु भन्ने अठोट र साहस भएकाले त्यस्ता कुराहरूको पछि नलागी काममा केन्द्रित भए ।’

यो किसिमको टावर सबैका लागि नयाँ थियो । हरेक प्रोजेक्ट नयाँ नै हुन्छ । प्रविधि सबैलाई थाहा हुन्छ । ठाडो टावर बनाएको अनुभव कसैलाई थिएन । तर, हामी सक्छौं भन्ने अठोटका साथ अगाडि बढेयौं । ‘मेरो आफ्नो इच्छाशक्तिकै कारण पनि यसलाई जसरी पनि बनाउन सक्छु भन्ने आँट गरेको थिए, उनले भने ।

डिजाइनमा नेपालमा मैले धेरै ‘ब्रेक थ्रु’ गरेको छु, उनी भन्छन्, ‘यो काममा पनि बिम र स्लाब मात्र भएको भए सहज थियो, यहाँ त राउण्ड सिट९गोलो० भएकाले धेरै चुनौती थियो, फर्म वर्क सिस्टममा रहेर काम गर्नुपर्ने भएकाले नयाँ थियो । फर्म वर्क सिस्टमको डिजाइन म आफैंले गरेको हुँ ।’ काम गर्नका लागि विभिन्न आइडियाहरू र प्रविधिहरू प्रयोग गरिएको बताइएको छ । जसको कारण १२र१२ दिनमा एक तला उठाएर नयाँ रेकर्ड राखेको जनाएको छ । जुन नेपालमा अहिलेसम्म यसरी तीव्र गतिमा कुनै पनि संचरनाहरू निर्माण गर्न सकेको छैन । नर्मल बिल्डिङमा स्काइ फोल्ड राखिँदैन । तर, ‘धरहरामा हामीले त्यो राखेका छौं ,उनले भने ।

निरन्तर भएको देखिए पनि त्यहाँ काम गर्न सहज थिएन । तर, रमणले ती समस्याहरूलाई समाधान गर्नका लागि रातदिन लागि परे र अहिले सफल भए । ठाउँ सानो भएकाले त्यहाँका लागि आवश्यक सामान झार्न दिउँसो असहज हुने भएकाले राति–राति झारर्थे ।

टुँडिखेलमा सामान राख्न पाइएकाले ठाउँको समस्या भएन । सामानको अभाव पनि हुन दिएनन् । कोभिडका बीचमा ४ महिना भने टावरको काम हुन सकेन । २ वर्षको निर्माण अवधी पाए पनि तीन महिना त साइड मिलाउन नै लागेको उनी सुनाउँछन् ।

विल्डिङको डिजाइनमा धेरै समस्याहरू थिए । त्यसलाई पनि पार लगाउँदै मिलाउँदै लगेको उनको अनुभव छ। ‘हामीसँग स्ट्रक्चर इन्जिनियरहरू पनि भएकोले धेरै सहज भयो’, उनले भने ।

नेपालमा सबैभन्दा बढी निर्माण सामग्री भएको कम्पनी नै रमण कन्ट्रक्सन भएको उनको दाबी छ । त्योसँगै प्रविधिमा पनि अगाडि नै रहेकाले केहिको समस्या नआएको बताउँछन् । तर, काम गर्दै जाँदा धेरै जनासँग झगडा भने भएको बताउँछन् । तर, त्यो झगडाले सधैं राम्रो गर्यो, उनी भन्छन् ।

‘धरहराको काम सकाउन हामी रात दिन खटेका छौं, रमणले भने मेरो बुबाले दिनभरि हेर्नुहुन्छ भने रातभरि म साइटमा हुन्छु, कहिलेकाहीँ घरमा राति बसे पनि साइटकै तनाबले निद्रा लाग्दैन’, उनले भने । सीसी क्यामेरामार्फत कामको अनुगमन गरिरहेको हुन्छ । हुन त यहाँ काम गर्न आउनेहरू सबै उत्साहित र जागरिला थिए । उद्घाटनको चरणमा पुगे पनि त्यहाँको सम्पूर्ण संरचना बनाउन अझै केही महिना लाग्ने कम्पनीले जनाएको छ ।

धरहरा निर्माणका लागि दैनिक २ देखि ४ सयसम्मको जनशक्ति खटेका छन् । धरहराको जिम्मेवारी लिने महतो मात्र युवा होनन्, त्यहाँ संलग्न अधिकांश युवाहरू नै छन् । इन्जिनियरहरू पनि अधिकांश ३० वर्षमुनिका मात्र छन् । यति मात्र होइन, त्यहाँ काम गर्नेहरू विदेशबाट फर्किर आउनेहरू धेरै छन् ।

उनीहरू त्यहाँ राम्रो–राम्रो काम गर्नेहरू नै छन् । ट्याटु लगाएर कट्टु लगाएर बस्ने केटाहरू यहाँ दिनरात खटेर काम गरिरहेका छन् । यसमा आत्मियता जागेको छ । रातदिन भन्ने कसैलाई हुँदैन । युवाको जोश जागरलाई लिएर धेरै खुसी छु, रमणले भने।

रमणले यसअघि जनकपुरको रेलवेको काम सकाएर हस्तान्तरण गरिसकेका छन् भने अहिले भेरी बबई आयोजनाको काम गरिरहेका छन् । मेलम्चीको रिङरोड भित्रको काम रमणले नै गरेको हो ।

साढे ३ अर्बको लागत

पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई साढे ३ अर्ब ४८ करोड रुपैयाँमा धरहरा निर्माण गर्ने ठेक्का दिएको थियो । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको रहेको छ भने यसको उचाइ १४५ फिटको छ । अपाङमैत्री धरहरामा वृद्धवृद्धाका लागि छुट्टै व्यवस्था गरिएको छ । दुईवटा लिफ्ट सहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था छ। यसअघिको धरहरा साढे ४ रोपनी क्षेत्रफलमा रहेको थियो भने नयाँ धरहरा क्षेत्र ४२ रोपनीमा फैलिएको छ ।

धरहराको पूर्ववस्तुस्थिति

विक्रम संवत् १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप ११ तलामा निर्माण गरेको धरहरा १९९० को भूकम्पमा आंशिक ढलेर ९ तलामा सीमित भएको थियो । त्यतिबेला प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले नौ तला कायम गरेर दुई वर्षपछि पुनर्निर्माण गरेका थिए ।

तत्कालीन धरहराको उचाइ ६१।८८ मिटर ९ हजार २०३ फिट थियो । त्यहाँ २१३ सिँढी र बाहिर २५ सिँढी थिए । धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो ।

धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग थियो । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्थ्यो । मुगलशैलीमा निर्माण गरिएको धरहराको निर्माणमा इँटा र बज्र ९सुर्की, चुन, मास र चाकुको मिश्रण०बाट भएको थियो ।

यो समाचार क्यापिटल नेपाल डट कमबाट साभार गरिएको हो । यसलाई क्यापिटल नेपालमा पढ्न कृपया तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.capitalnepal.com/news/76194

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *