रसुवागढी नाकाबाट पहिलो पटक भित्रियो जुम क्रेन

रसुवागढी नाकाबाट पहिलो पटक भित्रियो जुम क्रेन

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८/ ७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुई ओटा ठूलो क्रेन आयात भएको हो ।

भन्सार हातामा प्रवेश भएका दुई ओटा मेसिनमध्ये एउटा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र एउटा भन्सार हाताबाट लाने तयारी भइरहेको छ । चिनियाँ मोडेलको उक्त मेसिन प्रतिओटा ९० हजार अमेरिकी डलर बराबर हुन आउने रकम भन्सार मूल्य कायम भएको सूचना अधिकारी चौधरीले बताए …

यो समाचार अभियान डेल्ली डट कमबाट साभार गरिएको हो । यो खबर अभियान डेल्लीमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *