रुग्ण बने चिलिमेका चार वटै आयोजना

रुग्ण बने चिलिमेका चार वटै आयोजना

काठमाडौं । नेपालमा जलविद्युत् आयोजनाको नमुना मोडालिटी मानिन्छ, चिलिमे जलविद्युत कम्पनी । जनतासँग शेयरबापत पैसा उठाएर कम्पनीमार्फत आयोजना बनाएर जनतालाई लाभ फर्काउने चिलिमे मोडालिटीमा विभिन्न चार वटा आयोजना अघि बढेका थिए । तर, ती आयोजना बनाउँदा–बनाउँदै यति ढिलाइ भइसक्यो कि शेयरधनी सेमत निरास बन्ने अवस्था आएको छ । यसले चिलिमे मोडालिटीमा अरु आयोजना सफल हुनेमा प्रश्न चिन्ह उत्पन्न भएको छ ।

शुरुमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमेअन्तर्गतका १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना अध्ययनमै सीमित बनेका थिए । तर, निर्माण शुरु भएपछि पनि ती आयोजनाले जनताले सोचे जसरी काम गरेनन् ।

प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङ २०६७ असारमा चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालकमा नियुक्त भएपछि सर्वसाधारणको पनि लगानी रहने जनकेन्द्रित–सार्वजनिक–निजी–साझेदारीमा २७० मेगावाटका ४ जलविद्युत आयोजना अगाडि बढाएका थिए । आयोजना निर्माणका लागि चिलिमे अन्तर्गत रहने गरी रसुवागढी हाइड्रोपावर, मध्यभोटेकोसी जलविद्युत र सान्जेन जलविद्युत कम्पनी स्थापना गरिएको थियो । प्राधिकरण, आयोजना रहेका स्थानीय तह, आयोजना प्रभावितहरु, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने गरी आयोजनाहरुको पुँजी संरचना तयार गरिएको थियो ।

चार वटै आयोजनाका लागि कर्मचारी सञ्चय कोषले १६ अर्ब ६० करोड ऋण लगानी लगानी गर्ने गरी २०६८ को मंसिरमा ऋण सम्झौता गरी लगानी जुटाइएको थियो । तर, यसरी तामझाम र उच्च प्राथमिकताका साथ अगाडि बढाइएका आयोजनाहरुको निर्माण शुरु भएको करीब १० वर्ष पुग्न लागेको छ । निर्माण कहिले सकिने हो भन्ने टुंगो छैन । कम्पनीका सञ्चालकहरु, आयोजनाका पदाधिकारी र ठेकदारहरुका कारण आयोजना बेहाल अवस्थामा पुगेका छन् ।

चिलिमेमै रहँदा घिसिङले ५ वर्षमा निर्माण सम्पन्न हुने घोषणा गरेका आयोजनाहरु अहिले पनि कति वर्षभित्र टुंगिन्छन् भन्ने ठेगान छैन …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबरअनलाईन खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *