लक्ष्यअनुरूप द्रुतमार्गको काम

लक्ष्यअनुरूप द्रुतमार्गको काम

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

सेनाले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७७/७८ मा आयोजनाको कुल अंशको थप पाँच दशमलव १० प्रतिशत काम सम्पन्न भई समष्टिगत भौतिक प्रगति १६ दशमलव १० प्रतिशत र वित्तीय प्रगति १४ दशमलव ५१ प्रतिशत लक्ष्य हासिल भएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७७\७८ मा आठ अर्ब ९६ करोड ८८ लाख रुपियाँ विनियोजन भएकोमा वार्षिक आर्थिक प्रगति ९७ दशमलव ३४ प्रतिशत रहेको सेनाले जनाएको छ । त्यसैगरी आयोजनाको सुरुङमार्ग निर्माण गर्न छनोट भएका निर्माण कम्पनीले कार्य प्रारम्भ गरिसकेको सेनाले जनाएको छ । त्यसैगरी सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन निरीक्षणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरू छनोट गरी सर्भेलगायतका काम भइरहेका छन् ।

आयोजनाको समष्टिगत वातावरणीय प्रभाव मूल्याङ्कन तथा सुरुङमार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भएअनुरूप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भई कार्य प्रारम्भ गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ …

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *