लालबकैया नदी नियन्त्रण आयोजना बाराका आयोजना प्रमुखसहित इञ्जिनियर र ठेकेदारविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इञ्जिनियर पाण्डवप्रसाद देव, थोदुङ-अजम्बर-शिवराम जेभी बानेवश्वरका डवाङ शेर्पा, वैकुण्ठप्रसाद भणुडारी र शिवराम कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर शिवजी सावकोटाविरूद्ध अख्तियारले बुधबार अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरू सबैलाई ९६ लाख ६४ हजार २९६ रुपैयाँ बिगो मागदाबी लिइएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले बताए।
आयोजना प्रमुख र इन्जिनियरले नदी नियन्त्रणका लागि प्रयोग भएको ग्याबियन तारको गुणस्तर परीक्षण नगरी स्वीकृत स्पेशिफिकेसन विपरीत बिल तथा कार्यसम्पादन प्रतिवेदन बनाएर भुक्तानी गरेको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
यस्तै, ठेकेदार कम्पनीले स्वीकृत मापदण्डविपरीतको सामग्री प्रयोग गरेर भुक्तानी लिएको अख्तियारले जनाएको छ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो कायम गरी सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ।
यो समाचार सेतोपाटी डट कमबाट साभार गरिएको हो । यो खबर सेतोपाटीमा पढनको लागि कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।
https://www.setopati.com/social/223908
Leave a comment