विकासमा सार्वजनिक खरिद ऐनका प्रावधान बाधक : अर्थमन्त्री शर्मा

विकासमा सार्वजनिक खरिद ऐनका प्रावधान बाधक : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरू बाधक रहेको टिप्पणी गरेका छन्।

शर्माले सोमबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू सहित अर्थविदसँगको छलफलमा यस्तो धारणा राखेका हुन्। शर्माले सार्वजनिक खरिद ऐनलाई समयानुकूल बनाउन प्रयत्न गर्ने बताए। मन्त्री शर्माले पुँजीगत खर्च बढाउन अर्थविदहरूको सुझाव आवश्यक रहेको बताए।

सो अवसरमा मन्त्री शर्माले विकास निर्माणको काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने धारणा राखे। जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन गर्न सकिने दाबी गरे। उनले पारदर्शिताको मामिलामा कसैसँग सम्झौता नगर्ने भन्दै जिम्मेवारीमा रहँदासम्म दृढ इच्छाशक्तिका साथ काम गर्ने बताए …

यो समाचार नागरिक न्युज डट कमबाट साभार गरिएको हो । यो खबर नागरिक न्युज डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *