विद्युत बक्यौता नतिरेका अक्सिजन उत्पादक उद्योगले पछि तिरे पनि हुने, अब चौबिसै घण्टा बत्ति

विद्युत बक्यौता नतिरेका अक्सिजन उत्पादक उद्योगले पछि तिरे पनि हुने, अब चौबिसै घण्टा बत्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरुलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको छ ।

साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाद आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ । अक्सिजन उद्योगहरु रहेका ककनी, हरिसिद्धी, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरु जडान गरिएको छ ।

कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरुमा विद्युत आपूर्ति हुने फिडरहरुको पहिचाहन गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरुलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरुले सोहीअनुसार प्रवन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए। उनले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत आपूर्तिको समस्या नरहेको उल्लेख गरे ।

अक्सिजन उद्योग तथा अस्पतालहरुमा निर्वाद विद्युत आपूर्तिको लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ । ‘अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं, कथंकदाचित समस्या आएमा त्यसको तत्काल जानकारी दिन र अनुगमनका लागि कार्यकारी निर्देशक,उद्योगका पदाधिकारीहरु, कार्यदलका संयोजक, सम्बन्धित वितरण केन्द्रका प्रमुखहरुसहितको भाइबर,ह्वाट्सएप ग्रुप संचालनमा ल्याइएको छ,’शाक्यले भने ।

अस्पताल तथा अस्सिजन उद्योगसँग सम्बन्धित विद्युत प्राविधिकहरुलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ । आफ्नो अस्पताल वा उद्योगमा विद्युतको समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ । प्रधानमन्त्रीका विकासविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, कार्यकारी निर्देशक शाक्य, कार्यदलका संयोजक पाण्डे र स्थानीय वितरण केन्द्रहरुको प्रमुखसहितको टोलीले काठमाडौं उपत्यकामा रहेको विभिन्न अस्पताल तथा अक्सिजन उद्योगहरु र विद्युत आपूर्तिका गर्ने फिडरहरुको अवलोकन गरी समस्याको पहिचान गरेको छ । समस्या समाधानका लागि आवश्यक उपायहरु तर्जुमा गरी सोहीअनुसार कार्य अगाडि बढाइएको शाक्यले बताए ।

नेपालभरी रहेका जम्मा ५३ ९प्राधिकरणमा प्राप्त विवरण अनुसार १७ अस्पताल र ३६ उद्योग० अक्सिजन उद्योगहरु मध्ये ८ वटामा बैकल्पिक विद्युत आपुर्तिको व्यवस्था गरिसकिएको छ । साथै अन्य ६ वटामा बैकल्पिक फिडरको निर्माण कार्य सम्पन्न हुने क्रममा छ ।

हाल बैकल्पिक फिडर नभएका हाम्रो अक्सिजन ग्याँस उद्योग प्रा।लि। ककनी, सोपान अक्सिजन लुभु, सिद्धि विनायक अक्सिजन गैंडाकोट लगायतका उद्योगहरुमा अक्सिजन उद्योग भन्दा अगाडि ११ के।भि। लाइनमा आइसोलेटर राखि कारणवश लाइन अवरुद्ध हुन गएमा आइसोलेटर काटी अक्सिजन उद्योगसम्म तत्काल विद्युत सुचारु गर्न सकिने व्यवस्था मिलाईएको बताइएको छ ।

यस्तै, केहि अक्सिजन उद्योगलाई विद्युत महशुल बाँकी बक्यौता भएतापनि नियमानुसार पछि भुक्तानी गर्ने गरी हाल लाइन सुचारु गरीएको पनि बताइएको छ । अक्सिजन उद्योग र अस्पतालमा निरन्तर विद्युत आपुर्ति गर्न वितरण केन्द्रका नोलाइट फाँटहरुमा चौबिसै घण्टा ड्युटीको व्यवस्था मिलाईएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *