शिलान्यास भएको ६ महिनामा टेन्डरसम्म भएन

शिलान्यास भएको ६ महिनामा टेन्डरसम्म भएन

बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि तामझामका साथ शिलान्यास भएको ६ महिना बितीसक्दा पनि संरचनाहरू निर्माणका लागि टेन्डरसम्म हुन सकेको छैन ।

देशमा औद्योगीकरण बिस्तार गर्ने उद्घोष गर्दै २०७७ फागनु ११ गते तत्कालनि उद्योग मन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्रको निर्माणको शिलान्यास गर्नु भएको थियो ।

शिलान्यास भएको ६ महिना बितीसके पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले संरचनाहरू निर्माणका लागि टेन्डरसम्म गर्न सकेको छैन । औद्योगिक क्षेत्र निर्माण गरिने क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीको पनि हालसम्म व्यवस्थापन हुन सकेको छैन ।

औद्योगिक क्षेत्र निर्माण गरिने भनेर छुट्याइएको करिब ७० विगाह क्षेत्रमा २ सय ५९ परिवार सुकुम्बासी बस्दै आएका छन् । सुकुम्बासीले आफूहरूको बसोबासको वैकल्पिक व्यवस्था नहुँदासम्म औद्योगिक क्षेत्र निर्माण गर्न नदिने चेतावनी दिँदै आएका छन् । सुकुम्बासीले आफूहरूको वैकल्पिक व्यवस्था नगरी औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भन्दै नाराबाजी र प्रर्दशन गरेका थिए …

यो समाचार न्युज अफ नेपाल डट कमबाट साभार गरिएको हो । यो खबर न्युज अफ नेपाल डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *