काठमाडौं । शिवम् सिमेन्टको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १६.१३ प्रतिशतले बढाएको छ। कम्पनीले मंगलबार दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ५८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएर नाफामा वृद्धि गरेको हो ।
गत वर्षको यहि अवधिमा कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ कमाएको थियो। चालु बर्षकै पहिलो त्रैमासमा कम्पनीले २९ करोड रुपैयाँ नाफामा वृद्धि गरेको छ । यो ६ महिनामा कम्पनीले सिमेन्ट बिक्रीबाट चार अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको छ।
यसबाहेक अन्य आम्दानी ३ करोड ४८ लाख रुपैयाँ छ। यससँगै एक अर्ब ७३ करोडको कच्चा पदार्थ खरीदमा खर्च गरेको छ। ९१ करोड ४२ लाख रुपैयाँ बिजुली लगायतका उर्जा खपतमा खर्च भएको छ। तीन अर्ब ५८ करोड रुपैयाँ कुल खर्च भएको छ।
Leave a comment