सञ्चालनमा आयो मकवानपुर ग्लास उद्योग

सञ्चालनमा आयो मकवानपुर ग्लास उद्योग

हेटौंडा । मकवानपुरको हेटौँडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित रु ३० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो । पछिल्लो समय अत्यधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक जनकराज न्यौपाने बताउनुभयो ।

उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट सात जनालाई रोजगारी दिइएको छ केही दिन अगाडि स्थापित सो उद्योग अहिले परीक्षणमै छ ।

घरेलु उद्योगअन्तर्गत हेटौँडा–५ स्थित आफ्नै घरमा सञ्चालक न्यौपानेले उद्योग स्थापना गर्नुभएको बताइएको छ । हेटौँडामा यो पहिलो र एक मात्र उद्योग सञ्चालनमा आएको जनाइएको छ । परीक्षणपछि डाँफे छाप कप सहुलियत मूल्यमा बजारमा उपलब्ध गराइने बताइएको छ ।

twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button
Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *