समयमै भुक्तानी व्यवस्था मिलाउन मुख्यमन्त्रीलाई ज्ञापन

समयमै भुक्तानी व्यवस्था मिलाउन मुख्यमन्त्रीलाई ज्ञापन

निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर १ ले ठेक्का सम्झौताबमोजिम सम्पन्न भएका निर्माण कार्यको रकम भुक्तानी व्यवस्था गर्न प्रदेश मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

निर्माण व्यवसायी महासंघ प्रदेश समिति अध्यक्ष मोहनप्रसाद अधिकारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर बिहीबार ज्ञापनपत्र बुझाएको हो ।

महासंघले आ. व. २०७६/०७७ को वार्षिक बजेट अनुसार बोलपत्रमार्फत् भएगरेका अधिकाँश प्रदेशस्तरीय विकास निर्माणका कार्यहरुको अहिलेसम्म भुक्तानी नभएको मुख्य मत्तन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

मुुख्य मन्त्रीसँग छलफलको क्रममा निर्माण प्रतिनिधि मण्डलले सम्पन्न भएका कार्यहरुको भुक्तानी लामो समयसम्म रोकिँदा निर्माण व्यवसायीहरु ठूलो आर्थिक संकटमा परेको र छिटोभन्दा छिटो भुक्तानी गर्न आग्रह गरिएको प्रतिनिधि मण्डलमा सहभागी निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सुरेशराज सुवेदीले निर्माण खबरलाई जानकारी दिनु भयो ।

ज्ञापन पत्रमार्फत् निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर १ ले यथासक्य छिटो रोकिएको भुक्तानी व्यवस्था मिलाउन मुख्य मन्त्रीलाई आग्रह गरेको छ ।

सो क्रममा मुख्य मन्त्री राईले रोकिएको भुक्तानीको लागि संघीय सरकारसँग कुरा भइरहेको र यथासक्य छिटो समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । त्यसैगरी पूर्वाधार विकास कार्यालय अन्तर्गत भएका कार्यहरुको भुक्तानी पनि छिट्नै गरिने उहाँले आश्वासन दिनुभएको छ ।

निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अधिकारी, निवर्तमान अध्यक्ष ऋषिराज जोशी, सल्लाहकार लेखनाथ खत्री, प्रथम उपाध्यक्ष कमलप्रसाद गौतम, महासचिब जनसेवक भण्डारी, कोषाध्यक्ष रमेश कार्की, उपमहासचिब केशबकुमार बुढाथोकी, दिपक पौडेल, निर्माण व्यसायी संघ मोरङका अध्यक्ष सुवेदी लगायत १० जनाको टोलीले ज्ञापन पत्रसहित मुख्यमन्त्रीसँग छलफल गरेको थियो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *