सम्झौताको म्याद अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण

सम्झौताको म्याद अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा ठेक्का सम्झौताको म्याद अगावै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बकैया गाउँपालिका–३ हात्तिसुँढेमा निर्माण गरिएको ४ कोठे स्वाथ्य केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

भवन निर्माणको ठेक्का पाएको विवेक विनिता निर्माण सेवाले बकैया–३ को स्वास्थ्य केन्द्रको भवन सम्झौताको म्यादभन्दा एक महिनाअगावै निर्माण गरेको थियो । निर्माण कम्पनीका प्रमुख राजनप्रसाद बोलखेले भन्नुभयो–‘हामीले पुसको २० गते नै निर्माण सम्पन्न भएको जानकारी दिएका थियौँ, सम्झौता अनुसार भवन निर्माणको म्याद भने माघ २० गतेसम्मका लागि रहेको छ ।’

गत भदौ २९ गते एकैदिन बकैया गाउँपालिकाको वडा नं.३ र ७ को आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको थियो । यो अवधिमा दशैं–तिहारजस्ता चाडपर्व परेपनि निर्माण कम्पनीले तीव्ररुपमा काम अघि बढाएको थियो । वडा नं. ७ को भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको बोलखेले बताउनु भयो ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गाउँपालिकाका सबै नागरिकहरुलाई आधारभूत स्वास्थ्यको पहुँचमा पु¥याउन प्रत्येक वडामा एक–एक आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भइरहेको बताउनु भयो । चालु आर्थिक वर्ष २०७७/०७८ को गाउँपालिकाको बजेटबाट काम गर्ने गरी ३ वटा भवनहरुको ठेक्का विवेक विनिता निर्माण सेवाले पाएको थियो ।
गाउँपालिकाको रु. २७ लाख बजेटमा १२ पिल्लरको ४ कोठे भवन निर्माण गरिएको निर्माण सेवाका प्रमुख बोलखेले जानकारी दिनुभयो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *