सम्झौता म्यादअगावै प्रशासकीय भवन निर्माण

सम्झौता म्यादअगावै प्रशासकीय भवन निर्माण


तनहुँ । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकाको भवन सम्झौता म्याद अगावै निर्माण सम्पन्न भएको छ । विसं २०७६ माघ २१ गते सम्झौता भई २०७८ साउन २१ गते सम्पन्न गर्नु पर्ने म्याद रहेकोमा निर्माण व्यवसायीले म्यादअगावै भवन निर्माण गरेको हो ।

म्याद अगावै गाउँपालिकाको प्रशासकीय भवन निर्माण गरेर निर्माण कम्पनी सिजल कन्स्ट्रक्सन जेभीले अहिले तनहुँमा प्रशंसा पाएको छ । निर्माण कम्पनीले सम्झौताको ५ महिना अघि नै भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

रु. तीन करोड ८ लाख ७७ हजार ४६६ को लागतमा निर्मित उक्त भवनको एक समारोहबीच गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले उद्घाटन गर्नुभएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *