सरकारको राजस्व नीतिले फलाम र स्टिल महँगियो

सरकारको राजस्व नीतिले फलाम र स्टिल महँगियो

काठमाडौँ — फलाम तथा स्टिल उद्योगले उत्पादनमा धमाधम मूल्य बढाउन थालेका छन् । स्टिल उद्योगले छडमा प्रतिकिलो ६ रुपैयाँसम्म मूल्य बढाएका छन् । जस्तापातालगायत सामग्रीमा प्रतिगोटा ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ।

आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमार्फत सरकारले बिलेट र स्पन्ज आइरनको राजस्व दर हेरफेर गरेको थियो । नयाँ व्यवस्थाअनुसार बिलेटमा भन्सारदर यथावत् राखेर अन्तःशुल्क प्रतिमेट्रिक टन १ हजार ६ सय ५० बाट २ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ । तर कच्चा पदार्थमा भने भन्सार र अन्तःशुल्कमा पूर्ण छुट दिने व्यवस्था गरिएको छ ।

अन्तःशुल्क हेरफेर भएको विषयमा स्टिल उद्योगीहरू पक्ष र विपक्षमा विभाजित भएका छन् । भारतबाट बिलेट आयात गरेर डन्डी बनाउने उद्योगले यसको विरोध गरिरहेका छन् भने कच्चा पदार्थ ल्याएर नेपालभित्रै बिलेट उत्पादन गर्ने उद्योगले समर्थन गरेका छन् । स्पन्जबाट बिलेट बनाउने उद्योग आधा दर्जन मात्र र बिलेट आयात गर्ने उद्योग दुई दर्जन छन् । यसरी बिलेटमा एकैपटक प्रतिमेट्रिक टन आठ सय ५० रुपैयाँ अन्तःशुल्क बढाएर दुई दर्जन उद्योगलाई डुबाउन खोजिएको भन्दै विरोध भइरहेको हो । यसले लगानी डुब्ने र मजदुरको रोजगारी गुम्ने भन्दै उद्योगी विरोधमा छन् ।

सिधै कच्चा पदार्थ नेपाल ल्याएर बिलेट बनाउँदा डन्डीको मूल्य घट्ने दाबी थियो । सरकारको यो नीति कार्यान्वयनमा आउँदा पहिलो लाभग्राही उपभोक्ता हुने ठानिएकामा ठीक उल्टो फलाम तथा स्टिलजन्य वस्तुमा चर्को मूल्यवृद्धि भएको छ । बजेटले गरेको नयाँ व्यवस्थाले मुख्यतः रोलिङ मिल्स एसोसिएसन र नेपाल स्टिल बिलेट उत्पादक संघ आमनेसामने छन् । रोलिङ मिल्स एसोसिएसनका उपाध्यक्ष किरण साःखले केही उद्योगीले स्टिल तथा फलामका वस्तुको बजार कब्जा गरेको र एकाधिकार कायम गरेर मूल्य बढाएको आरोप लगाए । ‘बिलेटमा अन्तःशुल्क बढेपछि हाम्रा अधिकांश उद्योग बन्द छन्, यसैको लाभ उठाएर केही उद्योगीले मूल्य बढाएका छन्,’ उनले भने । पछिल्लो २० दिनदेखि २४ वटा स्टिल उद्योगले उत्पादन बन्द गरेको उनको भनाइ छ । ‘बिलेट आयात गर्ने कुनै उद्योग अहिले सञ्चालनमा छैनन्, ३० वटामध्ये २४ वटा उद्योगले पछिल्लो २० दिनदेखि उत्पादन नगर्दा त्यसको असर बजारमा देखिने नै भयो,’ उनले भने ।

बिलेट उत्पादकहरूले मागअनुसार उत्पादन गर्न नसकेको, एकाधिकार कायम गरेको र आर्थिक ऐनमा भएको व्यवस्थाले फलाम र स्टिलको मूल्यवृद्धि सिर्जना गरेको रोलिङ मिल्स एसोसिएसनले बताइरहेको छ । त्यस्तै, नेपालका बिलेट उत्पादकले प्रयोग गरेको इन्डक्सन मेल्टिङ प्रविधिले फाइभ हन्ड्रेड डी (५०० डी) गुणस्तरका डन्डीका लागि बिलेट उत्पादन गर्न नसक्ने र यस्तो प्रविधि वातावरण प्रतिकूल रहेकाले चीन, भियतनाम, फिलिपिन्सलगायत मुलुकमा प्रतिबन्ध लगाएको एसोसिएसनको भनाइ छ …

यो समाचार ईकान्तिपुर डट कमबाट साभार गरिएको हो । यो खबर ईकान्तिपुर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *