सरकारले भन्यो : मध्यपहाडी लोकमार्गको निर्माण सक्न ४/५ वर्ष समय थप्नुपर्छ

सरकारले भन्यो : मध्यपहाडी लोकमार्गको निर्माण सक्न ४/५ वर्ष समय थप्नुपर्छ

काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग २०७९/८० सम्म नसकिने बताएको छ । आर्थिक वर्ष २०६४/६५ बाट शुरु भएको यो आयोजना आर्थिक वर्ष २०७४/७५ मा सक्ने लक्ष्य थियो ।

तर, ०७४/७५ मा रुट परिवर्तन गर्दै २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, लक्ष्यअनुसार २०७९/८० सम्ममा पनि निर्माण सम्पन्न हुने सम्भावना नरहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्को ४/५ वर्ष समय थप गरिनुपर्ने बताएको छ ।

‘मध्यपहाडी लोकमार्ग ०७९/८० मा सम्पन्न हुने सम्भावना छैन्, समय बढाउनुपर्ने छ,’ आइतबार संसदको विकास तथा प्रविधि समितिमा मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले भने, ‘स्थानीय तहहरुको सहयोग भयो भने अरु थप ४/५ वर्ष लाग्छ ।’

कास्कीमा घर भत्काउनुपर्ने र बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा सडक के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ छ । ‘बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा के गर्ने भन्ने निर्क्योल भएको छैन, पोखरामा सात/आठ सय घर भत्काउनुपर्ने छ, त्यसमा सरकारले मुआब्जा दिन सक्दैन । यस्तोमा स्थानीय तहको सहयोग आवश्यक छ’ सचिव श्रेष्ठले भने ।

सचिव श्रेष्ठका अनुसार आयोजना शुरु भएको १४ वर्षको अवधिमा भौतिक प्रगति ५८ प्रतिशत मात्रै भएको छ । वित्तीय प्रगति ६३ प्रतिशत छ …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबरअनलाईन खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *