'सरकारले समयमा भुक्तानी नदिँदा निर्माणमा समस्या'

'सरकारले समयमा भुक्तानी नदिँदा  निर्माणमा समस्या'

काठमाडौं । सरकारले समयमा भुक्तानी नदिँदा आयोजना निर्माणमा समस्या परेको निर्माण व्यवसायीयहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । विभिन्न आयोजनामा गरी एक खर्ब रुपैयाँ तत्काल भुक्तान गर्नुपर्ने भएपनि सरकारले सो रकम भुक्तानी गर्न नसकेको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो ।

अहिले देशभर ६ हजार आयोजना सञ्चालनमा रहेका छन् । ती आयोजनामध्ये राष्ट्रिय गौरवका आयोजना हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत प्रदेशस्तरीय आयोजनाका लागि सरकारले बजेट नदिएको उहाँले गुनासो गर्नुभयो । ‘एउटा आयोजनमा भुक्तानी आएन भने त्यसको चेन इफेक्ट अर्को आयोजनामा पनि पर्छ,’ उहाँले भन्नुभयो ‘त्यसैले सरकारले तत्काल पैसा दिन सकेन भने आयोजनाहरू समयमै निर्माण सम्पन्न हुन सक्दैनन् ।’

सरकारले अहिले ६ महिना म्याद थपेर केही राहत मिले पनि केही आयोजनाहरूलाई भने यसले सम्बोधन गर्न नसक्ने सिंहको भनाइ रहेको छ । नदीसँग सम्बन्धित आयोजनाको लागि यो सच्याइएको निर्णयले राहत नदिने उहाँले बताउनुभयो ।

पहिला सरकारले कोभिडका बेलामा शुरु भएका तथा यहि समयमा सम्पन्न हुने आयोजनलाई मात्र म्याद थप गरेको थियो । अहिले सबै आयोजनालाई यो सुविधा दिने गरी म्याद थप गरेको हो । यो निर्णयले ६० प्रतिशत आयोजना लाभान्वित भएपनि बाँकी ४० प्रतिशत आयोजनाको लागि भने अर्को व्यवस्था गर्न आवश्यक भएको अध्यक्ष सिंहले बताए ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *