सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट कार्यक्रम

सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट कार्यक्रम

वीरगन्ज । सर्वोत्तम सिमेन्टले वीरगन्ज र रौतहटलाई केन्द्रित गरी भवन निर्माणमा संलग्न सिनियर प्राविधिकका लागि भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ‘बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको’ भन्ने नारासहित उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रूपमा उपयुक्त तरिकाले सिमेन्ट कसरी खपत कम हुन्छ भन्ने विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा करिब १३० ठेकेदार सहभागी भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्राविधिकद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । वीरगन्जमा चैत ६ गते र रौतहटमा चैत ७ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *