सात वर्षमा पनि बनेन पुल

सात वर्षमा पनि बनेन पुल

सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।

जिल्ला सदरमुकाम गौरलाई पश्चिमी रौतहटसित सडक सञ्जालले जोड्न नदीको टिकुलिया घाटमा सात वर्षपहिले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गरेका थिए। त्यसको केही समयसम्म पुल निर्माण द्रुत गतिमा भएको थियो। तर अचानक रोकिएपछि अहिलेसम्म अधुरै छ।

पुल नबन्दा अधुरो पुललाई हेर्दै स्थानीयबासी कहिले डुंगामा त कहिले बाँसको पुल बनाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कहिलेकहीँ नदीमा घाँटीसम्म पानी आउने गरी बाढी तर्नुपर्ने बाध्यता पनि हुन्छ स्थानीयबासीको।

टिकुलियाका अधिकांश गाउँबासीको खेत तथा बारी बकैयाभन्दा पश्चिमतिर छ। गाईवस्तु चराउन, घाँस दाउरा गर्न तथा बालीनाली हेर्न र खेती गर्न सधैं नदी तर्नुपर्ने बाध्यता छ। अनेक जोखिम उठाएर पनि स्थानीयबासी दिनहुँ नदी तर्नुपर्ने बाध्यतामा रहेको स्थानीय सुरज सहनीले बताए।

२०७१ असार २९ मा १४ करोड ९३ लाखमा पप्पु कन्सट्रक्सनले तीन वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो। २०७४ असार २५ गतेभित्र निर्माण कार्य पूरा गरिसक्नुपर्ने पुलको अहिलेसम्म ४० प्रतिशत मात्र बनेको छ। अत्यन्त कमसल सामग्री प्रयोग गरिएको पुलको ढलान आफैं उप्किएर झर्न थालेको देखिन्छ। पुलको काम देखेर स्थानीय आश्चर्यचकित छन्…

यो समाचार नागरिक न्युज डट कमबाट साभार गरिएको हो । यो खबर नागरिक न्युज डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *