सानोमा ‘कख’ पढेको विद्यालयलाई ३ थान कम्प्युटर सहयोग

सानोमा ‘कख’ पढेको विद्यालयलाई ३ थान कम्प्युटर सहयोग

सानो उमेरमा आफू अध्ययन गरेको विद्यालयको वर्तमान स्थिति के होला ? ‘खोला त¥यो, लौरो बिस्र्यो’ भनेजस्तो ठ्याक्कै नभए पनि धेरैलाई आफू पहिले पढेको विद्यालयको अवस्थाबारे थाहा नहुन सक्छ । मकवानपुरको थाहा नगरपालिका वडा नं. २ स्थित सरस्वति आधारभूत विद्यालयबाट २० वर्षअघि ८ कक्षा उत्तीर्ण गरेका ३ युवाहरुले भने विद्यालयको अवस्था मात्र बुझेनन्, ३ थान कम्प्युटर पनि सहयोग गरे ।

थाहा नगरपालिका पालुङका दिनेश कार्की, विजयविक्रम श्रेष्ठ र विशाल ढकाललाई आफू पढेको विद्यालयलाई केही सहयोग गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो । उनीहरुले २०५७ सालमा सो विद्यालयको सबै भन्दा माथिल्लो कक्षा (८ कक्षा) उतीर्ण गरेका थिए । प्रधान अध्यापकसँग विद्यालयको अवस्थाबारे बुझ्दा विद्यालयमा कम्प्युटर शिक्षा लागू भए पनि कम्प्युटरको व्यवस्था हुन नसक्दा समस्या भएको जानकारी पाएपछि यी पूर्व विद्यार्थीहरु विद्यालयलाई कम्प्युटर सहयोग गर्न कस्सिएका थिए ।
दिनेश कार्की हाल अष्ट्रेलियामा कार्यरत हुनुहुन्छ । उहाँले नेपाली सिनेमा र म्यूजिक भिडियोमा अभिनयसमेत गर्दै आउनु भएको छ । त्यस्तै, विजय विक्रम श्रेष्ठ काठमाडौंस्थित एक अन्तराष्ट्रिय स्तरको निर्माण कम्पनीमा आवद्ध हुनुहुन्छ भने विशाल ढकालले बेलायतमा रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आउनु भएको छ ।

तीनै जनाबाट संकलित एकमुष्ठ रु. ५१ हजारबाट तीन कम्प्युटर खरिद गरेर विजयविक्रम विद्यालय पुग्नुभएको थियो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उहाँले प्रधान अध्यापक महेन्द्र प्रधानलाई सहयोग हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उहाँले विद्यालयको शैक्षिक अवस्था सुदृढीकरणका लागि पूर्व विद्यार्थीहरुको तर्फबाट निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालयमा कम्प्युटरको व्यवस्था भए पछि अब विद्यार्थीहरुलाई व्यवहारिक रुपमा पढाउन सहज भएको कम्प्युटर शिक्षक सविन विष्टले बताउनु भयो । ‘पहिले विद्यार्थीहरुलाई ‘माउस’ को चित्र देखाएर पढाउनु पथ्र्यो, अब विद्यार्थीहरुले ‘माउस’ पढ्न पाएका छन्,’ उहाँले भन्नु भयो । कम्प्युटर पाएपछि प्रधान अध्यापक, शिक्षकहरु र कम्प्युटर कक्षाका विद्यार्थीहरु निकै खुशी भएका छन् ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *