सााप्सुखोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आयो

सााप्सुखोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आयो

खोटाङस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डमा साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्कीपुल सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिपु्रङ चुइचुम्मा गाउँपालिका जोड्ने सडक खण्डमा अवस्थित साप्सुखोलामा ५ करोड ६० लाख दश हजार रुपियाँ लागतमा पुल निर्माण गरिएको हो । २०७६ असारमा शिलान्यास गरिएको पुल निर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिपुु्रङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेट खर्च भएको छ । पुल निर्माणको लागि स्थानीय सडक पुल सहयोग कार्यक्रम (एलआरबीपी)ले प्राविधिक सहयोग गरेको छ ।

गत जेठ १७ गते सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सूर्य एन्ड सन्स प्रालिले निर्माणको जिम्मा लिएको ४० मिटर लामो उक्त पुल तोकिएको समयअगावै निर्माण भएको हो । पक्की पुल सञ्चालनमा आएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई आवत जावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको दिपु्रङचुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो …

यो समाचार न्युज अप नेपाल डट कमबाट साभार गरिएको हो । यो खबर न्युज अप नेपाल डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *