सिमेन्टको बोरा बाहिर ग्रेडिङ अनिवार्य लेख्नु पर्ने

सिमेन्टको बोरा बाहिर ग्रेडिङ अनिवार्य लेख्नु पर्ने

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले प्याक गरिएको ओपिसी सिमेन्टको बोरा बाहिर सिमेन्टको ग्रेडिङ अनिवार्य लेख्न उद्योगीलाई आग्रह गरेको छ।

‘नेपाल गुणस्तर ४९ अनुरूप उत्पादन हुने ओपिसी सिमेन्ट ३३ ग्रेडको हुने भनी निर्दिष्ट गरेको हुँदा नेपाल गुणस्तर ४९ अनुरूप उत्पादन गर्न इजाजत प्राप्त गरेका सम्पूर्ण उद्योगीहरूले साधारण ओपिसी सिमेन्टको प्याकिङ्गमा अनिवार्य ३३ ग्रेड उल्लेख गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले आग्रह गरेको हो ।

सरकारले चालू आर्थिक वर्ष २०७७र०७८ देखि ओपिसी सिमेन्टलाई ग्रेडिङ सिस्टममा लगेको छ।

सोअनुरूप ओपिसी ४३ र ५३ ग्रेडका सिमेन्ट भने नेपाल गुणस्तर ५७२ अुनुरूप इजाजत लिएको उद्योगीले उत्पादन गर्छन्। उक्त ग्रेडको सिमेन्ट भने हाल बजारमा उत्पादन सुरू हुने क्रममा छ।

पहिलेदेखि उत्पादन भएका सिमेन्टलाई ३३ ग्रेडको मान्यता दिइएको छ।

ग्राहकलाई सही सूचना दिन सिमेन्टको बोरा बाहिरै कुन ग्रेडको सिमेन्ट हो अनिवार्य लेख्न आग्रह गरिएको विभागका निर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

‘पहिले ग्रेडिङ सिस्टम थिएन। अहिले ३ ग्रेडका ओपिसी सिमेन्ट उत्पादन हुन थाले,’ उनले भने, ‘ग्राहक नझुकिउन् भनेर हामीले बोरामै अनिवार्य लेख्न सूचना प्रकाशन गरेका छौं।’

यसभन्दा अघि सिमेन्टको ग्रेडिङ सिस्टम थिएन। ओपिसी र पिपिसी गरी दुई प्रकारका सिमेन्ट उत्पादन हुँदै आएको थियो। पिपिसी सिमेन्ट भने ३३ ग्रेडमा मात्र उत्पादन हुन्छ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *