सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो

काठमाडौँ । सिमेन्टपछि ग्याबिन वायर (ढुङ्गा भरेर तट बन्धन गर्ने फलामे तार, जाली) र फलामे छडको मूल्य बढेको छ । यी निर्माण सामग्रीको कारणविना उद्योगीले कार्टेलिङ गरेर मूल्य वृद्धि गरेको निर्माण व्यवसायीहरूको आरोप छ ।

सिमेन्ट, फलामे छड र ग्याबिन तार यी तीनै वस्तु पूर्वाधार निर्माणमा अत्यावश्यक छन् । सरकारको मिलोमतोमा सिमेन्ट निर्माणको सिजनमा अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको निर्माण व्यवसायीको आरोप छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उद्योगी व्यवसायीले कार्टेलिङ गरेर सबैजसो निर्माण सामग्रीको मूल्य बढाएका र सरकारकै मिलेमतो रहेको आरोप लगाए ।

‘उद्योग मन्त्री र उद्योगी व्यवसायीको सहमतिमा नै मूल्य बढाएजस्तो लागिराछ,’ अध्यक्ष सिंहले भने, ‘उद्योगीसँगको मिलोमतोमा नै निर्माण सामग्रीको मूल्य बढाइएको छ । सिमेन्टको मूल्य बढेदेखि अहिले स्थिर छ । सिमेन्टपछि ग्याबिन तार, ग्याबिन तारबाट डन्डी (फलामे छड) मा बढाइएको छ । कार्टेलिङ गरेर मूल्य बढाउँदा सरकार चुप छ । जसको मर्का निर्माण व्यवसायीसहित आमउपभोक्तालाई परेको छ ।’

तारमा १२ रुपैयाँ बढ्यो, डन्डीमा ५ रुपैयाँ

अध्यक्ष सिंहका अनुसार गत मंसिर तेस्रो सातासम्म डन्डीको मूल्य ७६/७७ रुपैयाँ रहेको थियो । सोहीबेला उद्योगीहरूले डन्डीमा प्रतिकिलो ५ रुपैयाँले बढाएका थिए । अहिले फेरि ५ रुपैयाँ बढाएर ८७ रुपैयाँ पुर्‍याइएको सिंहको भनाइ छ ।

यसैगरी निर्माण सामग्रीमध्ये अर्को ग्याबिन तारको मूल्य प्रतिकिलो १२ रुपैयाँ बढेको छ । यसअघि यसको मूल्य १०९ देखि ११० रुपैयाँ थियो । तर अहिले प्रतिकिलो १२२ रुपैयाँ पर्न थालेको छ ।

लामो समयदेखि भुक्तानी नपाएका निर्माण व्यवसायी थप मूल्य वृद्धिको चपेटामा परेका सिंहको गुनासो छ । ‘निर्माण सामग्रीको मूल्य बढ्दा निर्माणसम्बन्धी सबै ठेक्काको लागत बढ्यो । त्यसै पनि लामो समयदेखि भुक्तानीको समस्या थियो । थप मूल्य वृद्धिको चपेटामा निर्माण व्यवसायी परेका छन्,’ अध्यक्ष सिंहले भने, ‘भुक्तानीसम्बन्धमा अहिले म्याद थप नभएको काराण अड्किरहेको छ । सरकारले चालु वर्षका केही आयोजनाको मात्रै भुक्तानी दिँदै आएको छ …

स्रोत : रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *