सिलिचोङ गाउँपालिकाको पहिलो प्राथमिकता नै सडक निर्माण

सिलिचोङ गाउँपालिकाको पहिलो प्राथमिकता नै सडक निर्माण

संखुवासभाको सदरमुकाम खाँदबारीबाट उत्तरतर्फ २ दिनको पैदल दूरीमा पर्ने अतिदुर्गम क्षेत्र शिलिचोङ गाउँपालिकाले सडक निर्माण योजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ ।

उत्पादनका हिसाबले जिल्लाकै महत्वपूर्ण मानिएको शिलिचोङमा सडक सेवाको अभावले उत्पादित वस्तु बजार पु-याउन समस्या हुँदा नेपालमा प्रशिद्धि कमाएको स्थानीय उत्पादन अल्लो, बहुमूल्य जडिबुटी अलैंची, पाँचऔंले, पाखम्बेद, यार्सा, सुन्तला जातका फलफूल, खाद्यान्न, असला माछालगायतका उत्पादनको ढुवानी र बजारीकरण हुन नसकेको भन्दै उत्पादित वस्तुको सहज बजारीकरणका लागि सडकलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । उनले गाउँपालिकाको माङ्तेवा–याफु सडक निर्माणकार्य सम्पन्न हुने चरणमा पुगेको बताए ।

शिलिचोङ–३ स्थित गाउँपालिका कार्यालयदेखि लकुवासम्म ९ किलोमिटर र माङ्तेवादेखि याफूसम्म १५ किलोमिटर सडकको ट्र्याक ओपनको कामसमेत सम्पन्न हुने चरणमा पुगेको अध्यक्ष कुलुङले जानकारी दिए । उक्त सडक खण्ड संचालन हँुदा सदरमुकाम खाँदबारी नगरपालिका–११ हेलुवा बेसीसम्म जोडिने छ । जसले शिलिचुङका उत्पादनलाई सदरमुकामसँंग मात्र नभएर अन्य बाह्य जिल्ला सुनसरी, मोरङ, हुँदै भारत र काठमाडौंलगायत देशका अन्य बजारसम्म पु¥याउन सहज हुने उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा समेत कालो हिराका रूपमा परिचित अलैंचीको पकेट क्षेत्रका रूपमा चिनिने उक्त क्षेत्रमा सडक यातायात व्यवस्थित हुनसके त्यस क्षेत्रमा उत्पादन हुने धान, कोदो, मकै, अलैंची, असला माछा, रुद्राक्षलगायतका नगदेबाली सहज रूपमा बजारसम्म पु¥याउन सकिने अध्यक्ष कुलुङको भनाइ छ ।

सडक सुविधा अभावमा त्यस क्षेत्रमा उत्पादन भइरहेका नगदेबाली बजारसम्म ल्याउन समस्या भएका कारण त्यस क्षेत्रले आर्थिक समृद्धि हासिल गर्न नसकेकाले सडक निर्माणलाई प्रमुख प्राथमिकता दिइएको शिलिचोङ गाउँपालिकाले जनाएको छ । देशमै अल्पसंख्यकका रूपमा रहेका कुलुङ समुदायको बसोबास रहेको उक्त क्षेत्रमा उत्पादित राडी–पाखी, अल्लोकपडा विश्व बजारमा समेत प्रख्यात छ ।

यो समाचार कारोबार डेल्ली डट कमबाट साभार गरिएको हो । यो खबर कारोबार डेल्लीमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *