सुरुङ मार्ग : चर्चा डेढ दर्जन बढीको, ठेक्का बल्ल एउटाको

सुरुङ मार्ग : चर्चा डेढ दर्जन बढीको, ठेक्का बल्ल एउटाको

काठमाडौँ l सरकारले डेढ दर्जन सुरुङमार्ग र अन्डरपास निर्माणको प्रस्ताव अघि सारे पनि ठेक्का भने बल्ल एउटाको मात्रै सुरु भएको छ । वर्षेनी सुरुङमार्ग निर्माण गर्न भन्दै संख्या र बजेट थपे पनि अहिलेसम्म एउटा मात्र सुरुङमार्गको ठेक्का प्रक्रिया अघि बढाइएको छ ।

सडक विभागका अनुसार अहिलेसम्म सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको प्रक्रियामा छ ।

अन्य सुरुङमार्गमध्ये केहीको विस्तृत र केहीको प्रारम्भिक अध्ययनको प्रक्रिया जारी छ । केहीको भने प्रस्ताव गरिएको भए पनि अध्ययन समेत हुन सकेको छैन ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार चालु आर्थिक वर्षका लागि निर्माण र अध्ययनका लागि भन्दै डेढ दर्जन बढी सुरुङका लागि १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये प्रक्रियागत रुपमा अघि बढेको सिद्धबाबा सुरुङमार्गका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ …

यो समाचार ईकान्तिपुर डट कमबाट साभार गरिएको हो । यो खबर ईकान्तिपुर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *