सुर्खेतमा १० हजार दर्शक क्षमताको रंगशाला निर्माण सम्झौता

सुर्खेतमा १० हजार दर्शक क्षमताको रंगशाला निर्माण सम्झौता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ । त्यसका लागि आइतबार निर्माण कम्पनी र प्रदेश खेलकुद विकास परिषदबीच सम्झौता भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुबै पक्षबीच ३० महिनाभित्रै रंगशाला निर्माणको काम सम्पन्न हुनेगरी कार्यसम्झौता भएको छ । यो आयोजनालाई कर्णाली प्रदेश सरकारले यसअघिनै प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरेको थियो ।

खेलकुद परिषदका सदस्य—सचिव विश्वामित्र सञ्ज्यालका अनुसार रंगशाला निर्माणको जिम्मा काठमाडौंको कान्तिपथका रहेको एमएसीजी कम्पनीले लिएको छ ।

अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाईने सदस्य–सचिव सञ्ज्यालले बताए । ‘रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाइने छ,’ उनले भने ।

सदस्य–सचिव सञ्ज्याललका अनुसार रंगशाला निर्माणका लागि १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लागत लाग्ने अनुमान गरिएको छ । रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाइने छ भने आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक बनाइनेछ ।

भूकम्प प्रतिरोधी प्याराफिट, भीआइपी प्याराफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भीआईपी वेटिङरुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रंगशालाको डिजाइन गरिएको छ …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबरअनलाईन खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *