'स्थानीयको अवरोधले ट्रयाक खोल्न सकिएन, सहजीकरण गरिदिनुस्'

'स्थानीयको अवरोधले ट्रयाक खोल्न सकिएन, सहजीकरण गरिदिनुस्'

नुवाकोट। स्थानीय सामाजिक–आर्थिक विकास एवं रणनीतिक सडक निर्माणमा स्थानीयहरुकै अवरोध भएको भन्दै सडक विभाग डिभिजन कार्यालयले सहजीकरणको लागि सहयोग मागेको छ ।

संघीय सडक सुरपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, भरतपुर अन्तर्गतको नुवाकोट–धादिग जिल्ला जोड्ने केउरेनी–फोस्रेटार–सुनौला बजार–धादिगबेसी सडक खण्डमा स्थानीय अवरोधका कारण काम अघि बढ्न नसकेको भन्दै सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई निवेदनसहित सहजीकरणका लागि आग्रह गरिएको छ ।

डिभिजन कार्यालय भरतपुरले शुक्रबार जिल्ला समन्वय समिति धादिङबेसी, जिल्ला प्रशासन कार्यालय धादिङबेँसीमा, निलकण्ठ नगरपालिका धादिङबेँसीमा, गल्छी गाउँपालिका गल्छी र जिल्ला प्रहरी कार्यालय धादिङबेँसीमा उदृत गर्दै सहजीकरण गरिदिन पत्र काटेको छ ।

सो पत्र अनुसार नुवाकोट–धादिग जोड्ने केउरेनी–फोस्रेटारको कुल १९२ मिटर लम्बाइ र ११ मिटर चौडाइ सडकमा त्रिशुली नदी पुल लगभग सम्पन्न भइसकेको तर धादिङ तर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खोल्ने काममा भने स्थानीयहरुको अवरोध आइरहेको बताइएको छ । बारम्बार सहजीकरणका लागि ताकेता गर्दा समेत काम हुन नसकेपछि थप पुनः एक पटक सम्बन्धित निकायहरुको ध्यानकर्षण गरिएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

स्थानीयका अनुसार सडकमा पर्ने जग्गाको विषयमा विवाद हुँदै आएको छ भने सो विवादलाई स्थानीय जनप्रतनिधिले नै राजनीतिक रंग दिने प्रयास गरेपछि निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा पनि पुल सञ्चालनमा आउन नसकेको हो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *