हवाई भाडा बढ्यो

हवाई भाडा बढ्यो

नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ ।

निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो । गन्तव्यअनुसार न्यूनतम १० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म भाडा बढाइएको छ ।

संघका अनुसार न्यूनत्तम हवाई वृद्धि भएको गन्तव्यमा सुर्खेत–ताल्चा, सुर्खेत–चौरझरी र रामेछाप–लुक्ला उडानका लागि १० रुपैयाँ तथा अधिकतम ८५ रुपैयाँ भाडा वृद्धि भएको गन्तव्यमा काठमाडौं–नेपालगञ्ज छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *