हुलाकी मार्ग : सिरहा-धनुषा जोड्ने कमला नदीको पुल भासियो !

हुलाकी मार्ग : सिरहा-धनुषा जोड्ने कमला नदीको पुल भासियो !

शम्भु यादव

सिरहा । हुलाकी सडक अन्तरर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भासिएको छ । बाढीका कारण बिहीबार पुल पूर्वतर्फको एउटा स्टेन्ड भासिएको हो । १० वर्षअघिदेखि निर्माण भइरहेको पुल उद्घाटनको मिति नजिकिँदै गर्दा भासिएको हो ।

आयोजनाले पुल दुई सातापछि संचालनमा आउने तयारी भइरहेको जनाएको थियो । पुल नहुँदा स्थानीय उक्त क्षेत्रमा काठको ढुंगाबाट आवतजावत गर्ने गरेका छन् ।

पुल निर्माणमा ढिलासुस्ती भएको र कमिसनको खेलका कारण गुणस्तरीय सामान प्रयोग नभएको भन्दै स्थानीयले विरोध गरेका छन् । सामान्य बाढीमा पुल भासिएपछि निर्माण कम्पनीमाथि छानबिन गर्नुपर्ने स्थानीय रञ्जीत ठाकुरको भनाइ छ ।

यो समाचार अन्नपूर्ण पोस्ट डट कमबाट साभार गरिएको हो । यो खबर अन्नपूर्ण पोस्ट डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

http://annapurnapost.com/news/182226

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *